
काठमाडौं, १६ साउन । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमितले आर्थिक वर्ष २०७६/७७ का लागि प्रतिहजार २० देखि ७० रुपैयाँसम्म बोनस पाउने भएका छन् ।
कम्पनीले हालै आर्थिक वर्ष २०७७/७८ को आर्थिक लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धी बीमांकीय प्रतिवेदन बीमा समितिबाट स्वीकृत भएपछि २०७७ असारसम्ममा जारी भएका मुनाफामा सरिक हुने बीमालेखहरुमा नयाँ बोनस दर कायम गरेको हो ।
कम्पनीले जारी गरेको नयाँ बोनस दरअनुसार सावधिक जीवन बीमालेख अन्तर्गत ९ वर्ष अवधिका लागि तथा १० देखि वर्षका लागि ३० रुपैयाँ तोकेको छ। यस्तै १५ देखि १९ वर्षका लागि लागि ३५ रुपैयाँ तथा २० देखि २४ वर्षको अवधिलाई ४८ रुपैयाँ बोनस तवकिएको छ। २५ वर्ष वा त्यसभन्दा माथिको रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।
अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखअन्तर्गत १० देखि १४ वर्ष अवधिका लागि ३० रुपैयाँ तथा १५ देखि १९ वर्षको लागि ३५ रुपैयाँ र २० देखि २४ वर्षका लागि ४८ रुपैयाँ तोकिएको छ । यसमा पनि २५ वर्ष वा सोभन्दा माथिको अवधिका लागि भने ७० रुपैयाँ नै बोनस तोकिएको छ ।







काठमाडौं, ९ मङ्सिर । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात तथा बिक्री वितरण…
काठमाडौं, ९ मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिना (कात्तिक मसान्त) सम्ममा…
प्योङयाङ, ९ मङ्सिर । उत्तर कोरियाले स्विट्जरल्यान्डको कूटनीतिक कार्यालय प्रमुख सिल्भेन एस्टियरलाई ४८ घण्टाभित्र देश…
जियुक्वान (चीन), ९ मङ्सिर । चीनले पहिलो पटक विदेशी अन्तरिक्ष यात्रीलाई समेत सहभागी गराउँदै बुधबार दुई… 



