
काठमाडौं, १७ साउन । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफाका साथमा ईपीएसमा पनि वृद्धि भएको पाइएको छ।
समीक्षा अवधिमा कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७७/७८ को तुलनामा ६१.४३ प्रतिशत बढी खुद नाफा गरेको हो । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म उक्त लघुवित्तले ९ करोड २९ लाख रुपैयाँ मात्र खुद नाफा कमाउन सकेको थियो।
प्रकाशित वित्तीय विवरण अनुसार समीक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफामा भने गिरावट आएको देखिएको छ । तर खराब कर्जा उल्लेख्य रुपमा उठाउन सकेकाले लघुवित्तको सञ्चालन मुनाफामा आएको गिरावटका बावजूद कम्पनीले खुद नाफामा वृद्धि गर्न सफल भएको देखिन्छ ।
यो अवधिमा कम्पनीको खुद नाफामा मात्र नभई प्रति सेयर आम्दानी अर्थात् ईपीएसमा पनि बढोत्तरी भएको । उक्त अवधिमा लघुवित्तको ईपीएस १०१.७६ पुगेको छ जुन अघिल्लो आर्थिक वर्षमा ९२.९८ मात्र थियो । यस हिसाबले कम्पनीले समीक्षा अवधिमा प्रति सेयर आम्दानी ८.७८ ले वृद्धि गरेको छ ।
यसैगरी कम्पनीको प्रति सेयर नेटवर्थ ३०२.२६ रुपैया र मूल्य-आम्दानी अनुपात अर्थात् पीई रेसियो ३३.७९ गुणा रहेको छ । साथै कम्पनीको प्रति सेयर नेटवर्थ ३०२.२६ रुपैया र मूल्य-आम्दानी अनुपात अर्थात् पीई रेसियो ३३.७९ गुणा रहेको विवरणमा उल्लेख छ ।







काठमाडौं, ९ मङ्सिर । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात तथा बिक्री वितरण…
काठमाडौं, ९ मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिना (कात्तिक मसान्त) सम्ममा…
प्योङयाङ, ९ मङ्सिर । उत्तर कोरियाले स्विट्जरल्यान्डको कूटनीतिक कार्यालय प्रमुख सिल्भेन एस्टियरलाई ४८ घण्टाभित्र देश…
जियुक्वान (चीन), ९ मङ्सिर । चीनले पहिलो पटक विदेशी अन्तरिक्ष यात्रीलाई समेत सहभागी गराउँदै बुधबार दुई… 



