८१४ नयाँ कोरोना सङ्क्रमित थपिए

-



     सफल आवाज    
     श्रावण १७ गते २०७९ मा प्रकाशित



काठमाडौं, १७ साउन । पछिल्लो २४ घण्टामा देशभर ८ सय १४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधिमार्फत् ५ हजार ४ सय १५ जनाको नमुना परीक्षण गर्दा ८ सय १४ जनामा सङ्क्रमण पुष्टि भएको हो।

तीमध्ये पीसीआर विधिबाट परीक्षण गरिएकाबाट ५०९ र एन्टिजेनबाट ३०५ जनामा पुष्टि भएको हो । यो अवधिमा २ सय ९९ जना कोरोना सङ्क्रमित निको भएका मन्त्रालयको तथ्याङ्क छ । यो सङ्ख्या थपिएसँगै कोरोनाका सक्रिय संक्रमित ५ हजार १ सय ४४ पुगेका छन् ।

यस्तै २४ घण्टाको अवधिमा ११ हजार ५ सय १३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् भने कोरोना भाइरसको सङ्क्रमणबाट कसैको मृत्यु भएको छैन ।