
काठमाडौं, १९ साउन । कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्म करिब २ अर्ब रुपैयाँभन्दा बढी खुद नाफा कमाएको छ । बैंकले हालै जारी गरेको उक्त अवधिसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा २ अर्ब ३६ करोड ४० लाख रुपैयाँ भएको पाइएको छ ।
सोफही अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने झण्डै ४ अर्ब रुपैयाँ हाराहारी पुगेको छ। समीक्षा अवधिमा बैंकले ३ अर्ब ९० करोड ६९ लाख रुपैयाँ वितरणयोग्य मुनाफा कमाएको देखिन्छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२५ प्रतिशतले बढी हो ।
बैंकले समीक्षा अवधिमा कमाएको खुद नाफा भने अघिल्लो आर्थिक वर्षको तुलनामा उल्लेख्य कम हो । अघिल्लो आर्थिक वर्षमा बैंकले ३ अर्ब २० करोड रुपैयाँ खुद नाफा आर्जन गरेकोमा गत आर्थिक वर्षको सोही अवधिमा आउँदा ८४ करोड रुपैयाँले घटेर २ करोड ३६ लाख ४० हजार रुपैयाँमा झरेको हो ।
यो अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ७.३६ प्रतिशत र सञ्चालन मुनाफा १८.२५ प्रतिशतले घटेको छ। अघिल्लो आर्थिक वर्षमा बैंकको कुल सञ्चालन आम्दानी ९ अर्ब ८७ करोड ८४ लाख रहेकोमा हाल घटेर ९ अर्ब १५ करोड १८ लाखमा झरेको छ । यस्तै सञ्चालन मुनाफा ५ अर्ब ३ करोड रहेकोमा अघिल्लो आर्थिक वर्षमा घटेर ४ अर्ब ११ करोडमा आइपुगेको विवरणमा उल्लेख छ ।
यो अवधिमा बैंकको प्रति सेयर आम्दानी अर्थात् ईपीएस ११.२१ रुपैयाँले घटेको छ । अघिल्लो आर्थिक वर्षमा २९.१३ रुपैयाँ रहेकोमा ११.२१ रुपैयाँले घटेर समीक्षा अवधिमा १७.९३ रुपैयाँमा झरेको छ। यस्तै खुद ब्याज आम्दानीमा १३.३० प्रतिशतले वृद्धि भएकोसाथै खुद फी तथा कमिसन आम्दानीमा ११.०६ प्रतिशतले गिरावट आएको देखिन्छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात अर्थाते पीई रेसियो १८.४६ गुणा रहेको छ भने प्रति सेयर नेटवर्थ २१२.२५ रुपैयाँ रहेको विवरणमा उल्लेख छ ।






काठमाडौं, ९ मङ्सिर । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात तथा बिक्री वितरण…
काठमाडौं, ९ मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिना (कात्तिक मसान्त) सम्ममा…
प्योङयाङ, ९ मङ्सिर । उत्तर कोरियाले स्विट्जरल्यान्डको कूटनीतिक कार्यालय प्रमुख सिल्भेन एस्टियरलाई ४८ घण्टाभित्र देश…
जियुक्वान (चीन), ९ मङ्सिर । चीनले पहिलो पटक विदेशी अन्तरिक्ष यात्रीलाई समेत सहभागी गराउँदै बुधबार दुई… 



