
काठमाडौं, १९ साउन । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्म प्रति सेयर आम्दानी अर्थात् ईपीएस घटेको छ । हालै सार्वजनिक भएको उक्त अवधिसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार संस्थाको प्रति सेयर आम्दानीमा ३७.७४ रुपैयाँले कमी आएको देखिएको छ ।
संस्थाको खुद नाफामा भने अघिल्लो आर्थिक वर्ष २०७७/७८ को तुलनामा गत आर्थिक वर्षको सोही अवधिसम्म केही वृद्धि भएको छ । समीक्षा अवधिसम्ममा लघुवित्तले ७८ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो आँकडा अघिल्लो आर्थिक वर्ष २०७७/७८को सोही अवधिमा ६८ करोड ९५ लाख रुपैयाँ थियो । यसरी हेर्दा खुद नाफामा एक वर्षको अवधिमा ९ करोड २४ लाख रुपैयाले बढेको छ । प्रतिशतका हिसाबले १३.४० ले वृद्धि भएको पाइएको छ ।
यो अवधिमा संस्थाले सञ्चालन मुनाफा ११२ प्रतिशतले बढाएको छ । अघिल्लो आर्थिक वर्षमा ३८ करोड ३७ लाख रहेकामा गत आर्थिक वर्षको असार मसान्तसम्म आइपुग्दा उक्त आँकडा ८१ करोड ७२ लाख रुपैयाँमा पुगेको विवरणमा उल्लेख छ ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १२.५० प्रतिशतले बढेको तथा सञ्चालन आम्दानी ६.१६ प्रतिशतले घटेको पाइएको छ । यो अवधिमा संस्थाको मूल्य आम्दानी अनुपात अर्थात् पीई रेसियो ३५.७ गुणा रहेको छ भने प्रति सेयर नेटवर्थ २६९.५१ रुपैयाँ रहेको देखिन्छ । यस्तै चुक्ता पुँजी १ अर्ब ३ करोड ४२ लाख रुपैयाँ र जगेडा कोषमा १ अर्ब ५४ करोड २० लाख रुपैयाँ सञ्चित रहेको तथ्याङ्क छ ।







काठमाडौं, ९ मङ्सिर । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात तथा बिक्री वितरण…
काठमाडौं, ९ मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिना (कात्तिक मसान्त) सम्ममा…
प्योङयाङ, ९ मङ्सिर । उत्तर कोरियाले स्विट्जरल्यान्डको कूटनीतिक कार्यालय प्रमुख सिल्भेन एस्टियरलाई ४८ घण्टाभित्र देश…
जियुक्वान (चीन), ९ मङ्सिर । चीनले पहिलो पटक विदेशी अन्तरिक्ष यात्रीलाई समेत सहभागी गराउँदै बुधबार दुई… 



