गत आवमा नेपालमै भए ९७ हजार मोटरसाइकल एसेम्बल

-



     सफल आवाज    
     श्रावण २४ गते २०७९ मा प्रकाशित


प्रतीकात्मक तस्बिर


काठमाडौं, २४ साउन । नेपालमा गत आर्थिक वर्ष २०७८/७९ मा अन्य देशबाट पार्टपुर्जा झिकाई ९७ हजार २४० थान मोटरसाइकल तथा स्कुटर एसेम्बल गरिएका छन् । तीमध्ये १२५ सीसीसम्मका मोटरसाइल र स्कुटर ४२ हजार ४६, १२५ देखि २०० सीसीका मोटरसाइकल ३८ हजार २२ तथा २०० देखि २५० सीसीका मोटरसाइकल १६ हजार ८१४ थान ल्याएर एसेम्बल गरिएको तथ्याङ्क छ । यस्तै २५० देखि ४०० सीसी क्षमताका ३५८ सीसीका मोटरसाइकल पनि पार्टपुर्जा आयात गरेर नेपालमै एसेम्बल गरिएको छ ।

केही समययता आधिकारिक कम्पनीहरुले बजाज, टीभीएस तथा चिनियाँ ब्राण्डको क्रसफायर मोटरसाइलहरु एसेम्बल हुँदै आएका छन् भने हालै यामाहाले पनि नेपालमा प्लाण्ट स्थापना गरी मोटरसाइकल एसेम्बल गर्ने घोषणा गरेको छ ।

बजाज र टीभीएस दुवै भारतीय बहुराष्ट्रिय कम्पनी तथा क्रसफायर चिनियाँ कम्पनी भएका कारण ती कम्पनीका मोटरसाइकलका पार्टपुर्जा पनि सम्बन्धित देशको सबन्धित कम्पनीबाट नै एसेम्बलका लागि नेपाल आउने गर्दछन् । यीसबै ब्राण्डका गरी गत आर्थिक वर्षभरीमा ९७ हजारभन्दा बढी मोटरसाइकल एसेम्बल गरिएका हुन्।