
काठमाडौं, २४ साउन । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को २० प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । गत २०७८ चैत २४ गते भएको कम्पनीको १४औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७/७८ का लागि २० प्रतिशत नगद लाभांश तथा २० प्रतिशत बोनस सेयर दिने प्रस्ताव अनुमोदन गरेको थियो ।
सोही अनुरुप कम्पनीले उक्त अवधिसम्मको चुक्ता पुँजीको २० प्रतिशत नगद लाभांश बाँडेको र बाँकी २० प्रतिशतले हुन आउने ३ अर्ब रुपैयाँ बराबर बोनस सेयरका रुपमा बाँडेको थियो ।
यसरी बाँडिएको ३ अर्ब बराबरको ३ करोड कित्ता बोनस सेयर दोस्रो बजारमा कारोबारका लागि आज सूचीकृत भएको नेपाल स्टक एक्सचेञ्जले बताएको छ। यसरी नेप्सेमा सूचीकृत बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा आएपछि दोस्रो बजारमा कारोबार गर्न सकिने बुझिएको छ।
उक्त अवधिसम्म कम्पनीको चुक्ता पुँजी १५ अर्ब रुपैयाँ रहेकोमा ३ अर्बको बोनस सेयर वितरणपछि १८ अर्ब रुपैयाँ पुगेको कम्पनीले जनाएको छ । उक्त बोनस सेयरका लागि योग्य हुनका लागि कम्पनीले गत चैत्र ११ गते बूक क्लोज मिति तोकेको थियो । उक्त मितिसम्म बूक क्लोज गरिसकेका सेयरधनीहरुले बोनस सेयर पाएका हुन् ।






काठमाडौं, ९ मङ्सिर । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात तथा बिक्री वितरण…
काठमाडौं, ९ मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिना (कात्तिक मसान्त) सम्ममा…
प्योङयाङ, ९ मङ्सिर । उत्तर कोरियाले स्विट्जरल्यान्डको कूटनीतिक कार्यालय प्रमुख सिल्भेन एस्टियरलाई ४८ घण्टाभित्र देश…
जियुक्वान (चीन), ९ मङ्सिर । चीनले पहिलो पटक विदेशी अन्तरिक्ष यात्रीलाई समेत सहभागी गराउँदै बुधबार दुई… 



