
काठमाडौं, २५ साउन । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासम्म ५७ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएकाे छ। संस्थाको सार्वजनिक गरिएकाे वित्तीय विवरण अनुसार संस्थाले साे नाफा कमाउन सफल भएकाे हाे ।
संस्थाकाे यो नाफा अघिल्लो वर्षकोभन्दा १२.१२ प्रतिशतले कमि भएकाे छ । यसअघि ६५ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएकाे थियो। सञ्चालन मुनाफामा १७.३२ प्रतिशतले गिरावट भएर ८१ करोड ९९ लाख रुपैयाँमा कायम भएकाे छ। अघिल्लो वर्षमा याे नाफा रु ९९ करोड १७ लाख थियो।
डिप्रोक्सकाे खुद ब्याज आम्दानी १ अर्ब ३८ करोड रुपैयाँ रहेकाे । अघिल्लो वर्ष याे आम्दानी १ अर्ब ३३ करोडमा सिमित रहेकाे थियाे । खुद ब्याज आम्दानीमा ३.४५ प्रतिशतले बढेको देखिएकाे छ।
संस्थाकाे निक्षेप संकलनमा बृद्धि भइ रु ७ अर्ब ९७ करोड रहेकाे छ । रु १८ अर्ब ३४ करोड कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष संस्थाले ६ अर्ब ५४ करोड रुपैयाँ निक्षेप संकलन र १५ अर्ब ५६ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।
संस्थाको जगेडा काेषमा १४.८४ प्रतिशतले बढेकाे छ । यसरी बढेकाे काेषमा ९२ करोड ६१ लाख रुपैयाँ रहेकाे छ । अघिल्लो वर्ष जगेडाकाे रकम रु ८० करोड ६५ लाख रहेकाे थियो।
डिप्रोक्सकाे चुक्तापुँजी १ अर्ब रुपैयाँ रहेको छ । एनपीएल बढेर १.०३ प्रतिशत भएकाे छ। याे अघिल्लो वर्षमा ०.९२ प्रतिशत रहेकाे थियो। ईपीएस ५६.४९ रुपैयाँबाट घटेर ४९.६५ रुपैयाँ कायम भएकाे छ भने प्रतिसेयर नेटवर्थ २६७.१९ रुपैयाँ रहेको छ।






काठमाडौं, ९ मङ्सिर । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात तथा बिक्री वितरण…
काठमाडौं, ९ मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिना (कात्तिक मसान्त) सम्ममा…
प्योङयाङ, ९ मङ्सिर । उत्तर कोरियाले स्विट्जरल्यान्डको कूटनीतिक कार्यालय प्रमुख सिल्भेन एस्टियरलाई ४८ घण्टाभित्र देश…
जियुक्वान (चीन), ९ मङ्सिर । चीनले पहिलो पटक विदेशी अन्तरिक्ष यात्रीलाई समेत सहभागी गराउँदै बुधबार दुई… 



