रेनोका गाडीहरु भदौ ४ गतेसम्म टेस्ट ड्राइभ गर्न पाइने

-



     सफल आवाज    
     श्रावण २६ गते २०७९ मा प्रकाशित



काठमाडौं, २६ साउन । फ्रान्सेली गाडी कम्पनी रेनोका गाडीहरु आगामी भदौ ४ गतेसम्म टेस्ट ड्राइभ गर्न पाइने भएको छ । उक्त कम्पनीको नेपालका लागि आधिकारिक वितरक एड्भान्स अटोमोबाइल प्रालिले मनसुन टेष्ट ड्राइभ नामक अफरमार्फत् यस्तो सुविधा ल्याएको हो । यो अफर आगामी भदौ ४ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।

कम्पनीले यो टेष्ट ड्राइभ अफरको सुविधा देशभर रहेका आफ्ना सबै डिलर र शोरुममा उपलब्ध गराएको छ । कार्यक्रम अन्तर्गत रेनोका क्वीड, डस्टर, क्याप्चर, काइगर जस्ता मोडलहरु टेष्ट ड्राइभ गर्न सकिने बुझिएको छ ।

कम्पनीले नेपालमा बिक्री गर्ने रेनोका कारहरुमा सेग्मेन्टकै उत्कृष्ट २५.१७ किलोमिटर प्रतिलिटरसम्म माइलेज दिने दावी गरेको छ । कम्पनीले क्वीड नामको इन्ट्री लेभल ह्याचब्याक लगायत अन्य एसयूभी डिजाइनका गाडीहरु नेपालमा बिक्री वितरण गर्दै आइरहेको छ ।