नाडा इभि एक्सपो-२०२२ असोज ६ गतेदेखि काठमाडौंमा हुने

-



     सफल आवाज    
     श्रावण २७ गते २०७९ मा प्रकाशित



काठमाडौ, २७ साउन । नाडा अटाेमाेबाइल्स एसाेसिएसन अफ नेपालले ईभी एक्सपो–२०२२ आगामी असोज ६ गतेदेखि असोज ९ गतेसम्म काठमाडौं भृकुटीमण्डपमा गर्ने भएकाे छ। 

नाडाका अध्यक्ष ध्रुव थापाको अध्यक्षतामा बसेको केन्द्रीय कार्य समितिको आठौं बैठकले पहिलोपटक नाडा ईभी एक्सपो आयोजना गर्ने निर्णय गरेको हाे ।  

सरकारले कार, जीप र भ्यानको आयातमा लगाएको प्रतिबन्ध २०७९ को भाद्र १४ गतेसम्मको लागि विस्तार गरे पछि नाडाले इभि एक्सपो २०२२ गर्ने निर्णय गरेको हो । 

नाडाका अनुसार २०७९ भाद्र १ गते देखि ५ गतेसम्म स्टल बुकिङ्कका लागि सूचनासमेत प्रकाशित गरिने नाडा अटो एक्सपो समितिका सभापति अनुप बरालले जानकारी दिए।

नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले सबैलाई एक्सपोमा सहभागि हुन अनुरोध गरेका छन् । नाडाले सन् १९९८ देखि नाडा अटो एक्सपोलाइ निरन्तरता दिदै आएको छ। 

यसअघि २०७९ भाद्र ७ गते देखि १२ गतेसम्म सम्पन्न गर्ने भनिएको नाडा अटो एक्सपो २०२२ स्थगित गरिएको थियाे । सरकारले कार, जीप र भ्यानको आयातमा लगाएको प्रतिबन्ध २०७९ को श्रावण १ गते देखि खोल्ने भनिएको थियाे ।

सो समयावधि अझ थप गरेर २०७९ भाद्र १४ गतेसम्मका लागि विस्तार गरिनुका साथै १५० सि.सि भन्दा माथिका दुई पाँग्रे सवारी साधनहरुको आयातमासमेत थप प्रतिवन्ध लगाएपछि नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले स्थगित गर्ने निर्णय गरेकाे थियाे ।