टेस्लाले मोडल वाई कारमा बीवाईडीको ब्याट्री प्रयोग गर्ने

-



     सफल आवाज    
     श्रावण २९ गते २०७९ मा प्रकाशित



काठमाडौं, २९ साउन । अर्बपति इलन मस्कको अटो कम्पनी टेस्लाले आफ्नो मोडल वाई कारमा चिनियाँ कम्पनी बीवाइडीको ब्लेड ब्याट्री प्रयोग गर्ने भएको छ ।

हालै सार्वजनिक भएको रिपोर्ट अनुसार जर्मनीको बर्लिनमा रहेको टेस्लाको सबैभन्दा पछिल्लो प्लान्टबाट उत्पादन हुने गाडीमा बीवाईडीका ब्लेड ब्याट्री प्रयोग हुने भएको हो ।

समाचार संस्थाहरुका अनुसार टेस्लाले आफ्नो जर्मनीको बर्लिनमा रहेको प्लान्टमा सुरुमा मोडल ‘वाई’ एसयूभी  उत्पादन र यसमा बीवाईडीको ब्लेड ब्याट्री प्रयोग हुने निश्चित भएको छ । हालै एउटा अन्तर्वार्ताका क्रममा बीवाईडीका उपाध्यक्ष तथा अटोमोटिभ इन्जिनियरिङ रिसर्च इन्स्टिच्यूटका निर्देशक लियन यूवो उक्त कुरा बताएका हुन् ।