
काठमाडौं, ३० साउन । गत फागुन महिनादेखि स्थिर रहँदै आएको वाणिज्य बैंकको ब्याजदर भदौ महिनामा पनि यथावत् नै रहने भएको छ । नेपाल राष्ट्र बैंकले केही समयअघि सार्वजनिक गरेको मौद्रिक नीतिमार्फत बैंकहरूलाई ब्याजदर बढाउन प्रोत्साहन गरेको भए पनि तत्काल ब्याजदर नबढाउने निर्णय भएको बैंकर्स संघले जानकारी दिएको छ ।
सोमबार बसेको संघको बैठकले ब्याजदरमा वृद्धि हुनासाथ बैंकमा निक्षेप नबढ्ने कारण देखाउँदै भदाै महिनामा ब्याजदर नबढाउने निर्णय गरेको हो । ६ महिनादेखि स्थिर रहेको ब्याजदर सातौं महिनामा पनि यथावत् रहने निश्चित भएको छ ।
वाणिज्य बैंकहरूले फागुनदेखि यता व्यक्तिगत मुद्दति निक्षेपमा ११.०३ प्रतिशत ब्याजदर पुर्याएकामा त्यसपछि सोही विन्दुमा तटस्थ रहँदै आएका छन् ।
नेपाल राष्ट्र बैंकले केही समयअघि मौद्रिक नीति कार्यान्वयनका लागि बैंक तथा वित्तीय संस्थालाई पठाएको एकीकृत निर्देशन २०७८ मा संशोधन गर्दै बैंक तथा वित्तीय संस्थाहरूले संस्थागत निक्षेपमा व्यक्तिगत मुद्दती निक्षेपको भन्दा कम्तीमा २ प्रतिशत विन्दुले कम हुनुपर्ने प्रावधान राखेपछि संस्थागत निक्षेपमा ब्याजदर भने ९.०३ प्रतिशत कायम हुने निश्चित भएको छ ।







काठमाडौं, ९ मङ्सिर । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात तथा बिक्री वितरण…
काठमाडौं, ९ मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिना (कात्तिक मसान्त) सम्ममा…
प्योङयाङ, ९ मङ्सिर । उत्तर कोरियाले स्विट्जरल्यान्डको कूटनीतिक कार्यालय प्रमुख सिल्भेन एस्टियरलाई ४८ घण्टाभित्र देश…
जियुक्वान (चीन), ९ मङ्सिर । चीनले पहिलो पटक विदेशी अन्तरिक्ष यात्रीलाई समेत सहभागी गराउँदै बुधबार दुई… 



