
काठमाण्डौ १ भदौ। गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासम्म रु १७ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएकाे छ।
कम्पनीकाे सार्वजनिक भएकाे वित्तीय विवरण अनुसार अघिल्लो वर्षकाेभन्दा कम्पनीकाे यस पटक खुद नाफामा बृद्धि भएकाे देखिएकाे छ । अघिल्लाे वर्षमा कम्पनीकाे नाफा १२ करोड १३ लाख रुपैयाँ रहेकाे थियाे । कम्पनीकाे यो नाफा ४४.२७ प्रतिशतले बढी हाे ।
कम्पनीको व्यवस्थापन खर्च घटेर रु ३२ करोड ४ लाख भएकाे छ। अघिल्लो वर्षमा व्यवस्थापन खर्च रु ४५ करोड ४८ लाख रुपैयाँ रहेको थियो। खुद बीमा शुल्क आर्जन रु ३ अर्ब ५ करोड रहेको छ। जाे अघिल्लो वर्षकोभन्दा १६.१३ प्रतिशतले थाेरै हो। अघिल्लो वर्ष बीमा शुल्क आर्जन रु ३ अर्ब ६३ करोड थियाे ।
कम्पनीको लगानी, कर्जा र अन्य आम्दानी बढेर रु २५ करोड ९ लाख रुपैयाँ छ। यसअघि याे रकम १४ करोड १ लाख थियो। कम्पनीले १ अर्ब ६२ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्ष रु ६६ करोड २८ रुपैयाँ खुद दाबी भुक्तानी भएकाे थियो।
जीवन बीमा कोषमा बृद्धी भएकाे छ । काेषमा १७.५२ प्रतिशत बढेर १२ अर्ब ४५ करोड पुगेकाे छ। अघिल्लो वर्ष काेषमा रु १० अर्ब ५९ करोड थियो।
जगेडामा ९.०९ प्रतिशतले बढेर रु ५८ करोड ७४ लाख भएकाे छ। कम्पनीको चुक्ता पूँजी २ अर्ब ८ करोड रुपैयाँ रहेकाे छ । प्रतिसेयर आम्दानी ८.४० रुपैयाँ र नेटवर्थ १३१.७८ रुपैयाँ रहेको छ।






काठमाडौं, ९ मङ्सिर । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात तथा बिक्री वितरण…
काठमाडौं, ९ मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिना (कात्तिक मसान्त) सम्ममा…
प्योङयाङ, ९ मङ्सिर । उत्तर कोरियाले स्विट्जरल्यान्डको कूटनीतिक कार्यालय प्रमुख सिल्भेन एस्टियरलाई ४८ घण्टाभित्र देश…
जियुक्वान (चीन), ९ मङ्सिर । चीनले पहिलो पटक विदेशी अन्तरिक्ष यात्रीलाई समेत सहभागी गराउँदै बुधबार दुई… 



