टीभीएसको नयाँ शोरुम स्याङजाको बद्खोलामा

-



     सफल आवाज    
     भाद्र १ गते २०७९ मा प्रकाशित



काठमाडौं, १ भदौ । जगदम्बा मोटर्सले हालै स्याङजाको बद्खोलामा पूर्ण सुविधासहितको नयाँ टीभीएस शोरुम सञ्चालनमा ल्याएको छ ।

आफ्ना ग्राहकहरुलाई टीभीएस मोटरसाइकल तथा स्कुटरको बिक्री, सेवा र स्पेयर पार्टहरु सहज रुपमा उपलब्ध गराउने उद्देश्यले नयाँ शोरुम सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।

 ‘टीभीएस ग्राहकहरूलाई अझ राम्रो सेवा प्रदान गर्न सधैं प्रयासरत रहेको र त्यसलाई पुरा गर्न नयाँ शोरुम संचालनमा ल्याएका हौं’, नयाँ शोरुम सुरु गर्दै बतास इन्भेष्टमेन्ट कम्पनीका अध्यक्ष राजेश शर्माले भने ।

स्याङका प्रमुख जिल्ला अधिकारी राजु पौडेलको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रममा स्याङजा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक राजिव बहादुर बस्नेत, प्रहरी उपरीक्षक रविन्द्र खनाल, सशस्त्र प्रहरी नायब उपरीक्षक राजेशलाल श्रेष्ठ, पुतली बजार नगरपालिका ३ र ४ का वडाध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।

नेपालभर १३२ भन्दा बढी डिलरहरूको बलियो सञ्जाल रहेको र उक्त नेटवर्कबाट टीभीएसका उत्पादन बिक्री तथा बिक्रीपछिको सेवा उपलब्ध गराउँदै आएको जगदम्बा मोटर्सले जनाएको छ ।