काठमाण्डौ, १ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा ८ सय ४८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधि गरी ६ हजार ३८३ जनाको नमूना परीक्षण गरिएकोमा ८ सय ५२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
उक्त अवधिमा ३ सय २८ जना कोरोना सङ्क्रमित निको भएका छन् भने कोरोना भाइरसको सङ्क्रमणबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । आज थपिएको आँकडासहित नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमित ५ हजार ४ सय ६२ पुगेका छन् ।
यसैबीच पछिल्लो २४ घण्टामा देशभरमा १ लाख ८९ हजार ७६७ जनाले कोरोनाविरुद्धको खोप लगाएका तथ्याङ्क मन्त्रालयले अद्यावधिक गरेको छ ।








खोटाङ, ६ मङ्सिर। शिखर स्पोर्टस क्लब खार्मी खोटाङले आयोजना गरेको ‘प्रथम एक्सट्रिम शिखर स्पोर्टस कप–२०८३’…
काठमाडौं, ६ मङ्सिर। प्रधानमन्त्री वालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारतको दुईदिने राजकीय…
काठमाडौं, ५ मङ्सिर । तेस्रो प्रयासमा अन्ततः सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को…
काठमाडौं, ५ मङ्सिर। प्रधानमन्त्री वालेन्द्र शाह आइतबार दिउँसो भारतको राजकीय भ्रमणमा जानुहुने भएको छ ।… 




