नाडा ईभी एक्स्पो–२०२२ का लागि स्टल बुकिङ खुला

-



     सफल आवाज    
     भाद्र २ गते २०७९ मा प्रकाशित



काठमाडौं, २ भदौ । आगामी ६ असोजदेखि सुरु हुने नाडा ईभी एक्स्पो–२०२२ का लागि स्टल बुकिङ खुला गरिएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने एक्स्पोका लागि स्टल बुकिङ खुला गरिएको नाडा अटोमोबााइल्स एसोसिएसनअफ नेपालले बुधबार विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।

स्टल बुकिङ ५ भदौसम्म खुला हुने एक्स्पो आयोजक समितिका सभापति अनुप बरालले जानकारी दिए ।

नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले एक्स्पोमा सहभागिताका लागि सबैसँग अनुरोध समेत गरेको छ ।

एक्स्पो ९ असोजसम्म सञ्चालन हुनेछ ।