
काठमाण्डौ, २ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा ५ सय २४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधि गरी ४ हजार ९३० जनाको नमूना परीक्षण गरिएकोमा ५ सय ४२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८२ को पीसीआर परीक्षण गर्दा २२४ र २ हजार ८४८ जनाको एन्टिजेन परीक्षण गर्दा ३१८ जना गरी जम्मा ५४२ जनामा संक्रमण पुष्टि भएको हो ।
उक्त अवधिमा ४ सय २१ जना कोरोना सङ्क्रमित निको भएका छन् भने कोरोना भाइरसको सङ्क्रमणबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । आज थपिएको आँकडासहित नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमित ५ हजार २ सय ६५ पुगेका छन् ।
यसैबीच पछिल्लो २४ घण्टामा देशभरमा ९७ हजार ६५७ जनाले कोरोनाविरुद्धको खोप लगाएका तथ्याङ्क मन्त्रालयले अद्यावधिक गरेको छ ।








खोटाङ, ६ मङ्सिर। शिखर स्पोर्टस क्लब खार्मी खोटाङले आयोजना गरेको ‘प्रथम एक्सट्रिम शिखर स्पोर्टस कप–२०८३’…
काठमाडौं, ६ मङ्सिर। प्रधानमन्त्री वालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारतको दुईदिने राजकीय…
काठमाडौं, ५ मङ्सिर । तेस्रो प्रयासमा अन्ततः सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को…
काठमाडौं, ५ मङ्सिर। प्रधानमन्त्री वालेन्द्र शाह आइतबार दिउँसो भारतको राजकीय भ्रमणमा जानुहुने भएको छ ।… 




