
काठमाडौं, ५ भदौ । चिनियाँ विद्युतीय सवारी ब्रान्ड आइमाका इलेक्ट्रिक स्कुटर नेपालमा उपलब्ध भएका छन् । हालै आइमाको आधिकारिक वितरकको रुपमा हिमाल ईभी मोटर्स प्रालिले उक्त काठमाडौंको त्रिपुरेश्वरमा शोरुम सञ्चालनमा ल्याउँदै स्कुटरहरु उपलब्ध गराएको हो ।
कम्पनीले नेपाली बजारमा ४ वटा मोडल उपलब्ध गराएको छ । यी मध्ये एक्स६१२ ईईसीको मूल्य ५ लाख १५ हजार, एक्स६११ ईईसीको मूल्य ४ लाख ५८ हजार, टाइगर एस५ को मूल्य १ लाख ८४ हजार र माइन प्लसको मूल्य २ लाख ७४ हजार रुपैयाँ तोकिएको छ ।
हिमाल ईभी मोटर्सका सञ्चालक तथा आईटी इन्जिनियर गौरव बजाजले विद्युतीय स्कुटरमा प्रिमियम ब्रान्ड भित्र्याउन सफल भएको दावी गरे । उनका अनुसार नेपालभर सो स्कुटर बिक्री–वितरण गर्ने र आगामी दिनमा एसेम्बल प्लान्ट समेत स्थापना गर्ने लक्ष्य कम्पनीको रहेको छ ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




