
काठमाडौं, ६ भदौ । नेपालको लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटले यही भदौ ५ देखि आइतबारदेखि फेस्टिभ अपग्रेड क्याम्प सञ्चालन गरिरहेको छ । काठमाडौंको आनन्दनगरमा रहेको कम्पनीको शोरुममा आयोजित उक्त फेस्टिभ अपग्रेड क्याम्प आगामी भदौ ८ गते बुधबारसम्म चल्ने कम्पनीले जनाएको छ ।
आउँदै गरेको बडा दशैँ २०७९ लाई लक्षित गरेर आयोजना गरिएको यो इभेन्टमा ग्राहकले हरेक गाडीको खरिदमा एक्सचेन्ज बोनस, अतिरिक्त एसेसरिज तथा अन्य उपहारहरु समेत पाउने युटिएसले जनाएको छ । यसबाहेक दशैँ नजिकिँदै गर्दा निर्धक्कका साथ टेस्ट ड्राइभ गर्न आउन कम्पनीले सबैलाई अनुरोध समेत गरेको छ ।
टोयोटाको ग्लोबल भिजन “मोबिलिटी फर अल” लाई सहयोग गर्दै युटिएसले ग्राहकका लागि उत्कृष्ट एक्सचेन्ज योजना र आफ्नो सवारीसाधन अपग्रेड गर्ने अवसर प्रदान गरेको कम्पनीले जनाएको छ ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




