नाडा ईभी एक्सपोमा ४० भन्दा बढी स्टल रहने

-



     सफल आवाज    
     भाद्र ८ गते २०७९ मा प्रकाशित



काठमाडौं, ८ भदौ । आगामी असोज ६ गतेदेखि ९ गतेसम्म काठमाडौंमा हुने विद्युतीय सवारी (ईभी) एक्सपो-२०२२ मा ४० भन्दा बढी स्टल रहने भएका छन् ।

२२ वटा ईभी अटो ब्राण्डहरुले भाग लिने उक्त मेलाको आयोजक नेपाल अटोमोबाइल डिलर्स एसोसिएसनका अनुसार आज बुधबारसम्म ८ वटा ४ पाङ्ग्रेसहित १४ वटा दुई पाङ्ग्रे ईभी सवारीले स्टल बुकिङ गरेका छन् ।

यसबाहेक थप १८ वटा अटो स्पेयर पार्टस्, टायर, ट्युब तथा लुब्रिकेन्ट कम्पनीहरुले समेत एक्सपोमा सहभागिताका लागि स्टल बुकिङ गरिसकेका नाडाले जनाएको छ ।

आयोजकका अनुसार चार पाङ्ग्रेमा ठूला ब्राण्डहरु टाटा, होण्डाई, किया, बीवाईडी र दुई पाङ्ग्रेमा थुप्रै ब्राण्डहरुले एक्स्पोमा सहभागिता जनाउने भएका छन् ।