अशोक लेल्यान्डका गाडी किन्दा सिंगापुर टुर लगायतका उपहार

-



     सफल आवाज    
     भाद्र ९ गते २०७९ मा प्रकाशित



काठमाडौं, ९ भदौ । अशोक लेल्यान्डको नेपालका लागि आधिकारिक वितरक आइएमई मोटर्स प्रालिले ‘चाड पर्व हर्षको बहार लैजानुहोस् छानी छानी उपहार’ नामक योजना ल्याएको छ ।

योजना अनुसार नेपाली बजारमा उपलब्ध अशोक लेल्यान्ड ब्रान्डका बस वा ट्रक, टिपर किन्दा सिंगापुर टुर लगायतका विभिन्न आकर्षक उपहार पाउन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यी सवारी साधन किन्दा (याफ्ट जिस्पा इलेक्ट्रिक भेइकल, २४ क्यारेट सुन वा एक जोडीले सिंगापुर भ्रमण गर्न पाउने छन् । अशोक लेल्यान्डका यी सवारी साधन खरिद गर्दा ७० प्रतिशतसम्म फाइनान्सको सुविधा उपलब्ध गराइरहेको कम्पनीको भनाइ छ ।

नेपाली बजारमा अशोक लेल्यान्डका चिताह बस, एमआईटीआर बस, लिंक्स स्मार्ट बस, भाइकिङ बस र स्कुल बस उपलब्ध छन् । त्यसैगरी ट्रक ६ ह्वीलर, १० ह्वीलर र १२ सम्म उपलब्ध छन् भने टिपर पनि विभिन्न मोडलका ६ देखि १२ ह्वीलरसम्म उपलब्ध छन् ।