खप्तड लघुवित्तको सेयरका लागि पर्यो ७९ गुणा बढी आवेदन

-



     सफल आवाज    
     भाद्र ९ गते २०७९ मा प्रकाशित



काठमाडौ, ९ भदौ । खप्तड लघुवित्त वित्तीय संस्थाको सेयरका लागि मागभन्दा ७९ गुणा बढी आवेदन परेको छ । कम्पनीले गत भदौ ८ गते बुधबारदेखि सर्वसाधारणको लागि निष्कासनमा ल्याएको १ लाख २३ हजार ४ सय कित्ता सेयरमा ७९ गुणा भन्दा बढी आवेदन परेको हो ।

सिडिएस एण्ड क्लियरिङ्गले बिहीबार ५ बजेसम्म अद्यावधिक गरेरको तथ्याङ्क अनुसार उक्त अवधिसम्म ८ लाख ७१ हजार २५५ आवेदकले ९८ करोड ४ लाख ३० हजार रुपैयाँ बराबरको ९८ लाख ४ हजार ३ सय कित्ता सेयरका लागि आवेदन हालेका छन् । यो आँकडा सर्वसाधारणलाई छुट्याइएको लाख २३ हजार ४ सय कित्ता सेयरको ७९.४५ गुणा हुन आउँछ ।

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित दरमा १ करोड २३ लाख ४० हजार रुपैयाँ बराबरको १ लाख ३२ हजार ४ सय कित्ता सेयर बिक्रीमा ल्याएकाे हाे । यसका लागि लगानीकर्ताले भदौ १२ गतेसम्म आवेदन दिन पाउने मिति तोकिए पनि जारी भएको दोस्रो दिनभित्रै मागभन्दा ७९ गुणा आवेदन परेको हो ।

ताेकिएकाे मितिसम्म माग बमाेजिमकाे आवेदन पेश नभएमा ढिलोमा भदौ २२ गतेसम्म आवेदन दिन पाइनेछ प्रावधान राखिए पनि अब त्यसो गरिरहनु पर्ने अवस्था छैन । लगानीकर्ताले घटिमा १० तथा बढीमा १ हजार ३२० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले सि-आस्वा सदस्य रहेकाे बैंक तथा वित्तीय संस्थाबाट तथा मेरोसेयर वेबपेज र एप्सबाट पनि आवेदन दिन पाउने व्यवस्था गरिएको छ । लघुवित्तको चुक्ता पूँजी २ करोड ६८ लाख रुपैयाँ रहकाेमा सेयर वितरपछि ४ करोड रुपैयाँ पुग्ने भएकाे छ । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।