टीभीएसको एओजी राइड धनगढीमा

-



     सफल आवाज    
     भाद्र १३ गते २०७९ मा प्रकाशित



काठमाडौं, १३ भदौ । टीभीएसले धनगढी क्षेत्रमा आपाचे ओनर ग्रुप (एओजी) राइड आयोजना गरेको छ । उक्त राइड गत भदौ ११ धनगढीको वागेश्वरी अटोमोटिभ्स देखि स्टेट ७ होटल गोदावरीसम्म आयोजना गरिएको र कार्यक्रममा ४० जना राइडरको सहभागिता रहेको कम्पनीले जनाएको छ ।

उक्त राइडमा युट्युबर रुपेश विक, भ्लगर चिरञ्जिवी उपाध्याय र टिकटकर लोकेश ठकुरी लगायतले पनि सहभागिता जनाएका थिए । उनीहरुले धनगढी क्षेत्रमा हालसम्म यस किसिमको राइडको आयोजना नभएको बताउँदै टिभिएसको आयोजनामा यसपटक राइड आयोजना भएकोमा खुशी व्यक्त गरे ।

कम्पनीका अनुसार हालसम्म एओजी राइड कार्यक्रम अन्तर्गत काठमाडौं, कोशी, गण्डकी, लुम्बिनी र नारायणी च्यापटरमा सम्पन्न भइसकेको छ । यो अभियानमा सहभागीहरुले यसलाई मन पराएकाले अन्य क्षेत्रमा पनि आयोजना गर्ने कम्पनीको योजना रहेको छ ।

नेपालमा टीभीएस दुई पाङ्ग्रे सवारीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.को देशभर  १३८ भन्दा बढी  डिलर  र  २०० भन्दा बढी सेवा तथा स्पेयर पार्ट्स स्टेशनहरू रहेका छन्।