विश्वकै सबैभन्दा सानो विद्युतीय सवारी चार्जर नेपालमा उपलब्ध

-



     सफल आवाज    
     भाद्र १३ गते २०७९ मा प्रकाशित



काठमाडौं, १३ भदौ । विश्वकै सबैभन्दा सानो र स्मार्ट इलेक्ट्रिक भेहिकल चार्जर अर्थात विद्युतीय सवारी चार्जर नेपाली बजारमा उपलब्ध भएको छ ।

एमजी मोटर्स नेपालका लागि आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स प्रा।लि।ले नेपालमा पहिलो पटक विश्वको सबैभन्दा सानो स्मार्ट इलेक्ट्रिक भेहिकल चार्जर सार्वजनिक गरेको हो ।

ईओ चार्जिङ नाम गरेको यो चार्जर विशेष गरी विश्वभरिका ऊर्जा सचेत विद्युतीय सवारी प्रयोगकर्ताका लागि डिजाइन गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार ईओ चार्जिङ (ईओ) ब्रिटिश प्रदायकको बिजुलीबाट चल्ने सवारी साधनको प्राविधिक रुपमा सक्षम चार्जिङ सोलुसन हो । ईओको प्रविधि विश्वका ठूला व्यवसायहरूले प्रयोग गर्दै आएका छन् भने यो विश्वभर ३५ भन्दा बढी देशहरूमा वितरण भएको छ ।

यो कम्पनीले मर्सिडिज बेन्जजस्ता धेरै निर्माताहरूसँग चार्जिङ पार्टनरको रूपमा साझेदारी पनि गर्दै आएको कम्पनीको दावी छ । डिसेम्बर २०२१ मा ईओले यूके, आयरल्याण्ड लगायतमा ६० हजार ओटा चार्ज पोइन्टहरु स्थापित गरेको कम्पनीको भनाइ छ । 

ईओ मिनी तपाईको घरको पावर इनपुट जडानको आधारमा ६ एम्पियरदेखि देखि ३२ एम्पियरसम्म समायोजन गर्न सकिन्छ । कम्प्याक्ट चार्जर १ वर्षको वारेन्टीको साथ आउने र यसको मूल्य ८५ हजार रूपैयाँ तोकिएको छ ।