सेगवेको ‘दशैं तिहार सेगवेको साथ, उपहार ७’ योजना

-



     सफल आवाज    
     भाद्र १४ गते २०७९ मा प्रकाशित



काठमाडौं, १४ भदौ । आइ हब प्रालिले ‘दशैं तिहार सेगवेको साथ, उपहार ७’ नामक स्कीम ल्याएको हो । आइ हब सेगवे विद्युतीय मोटरसाइकलको नेपाललका लागि आधिकारिक बिक्रेता कम्पनी हो भने यसले नाइनवटका दुई प्रिमियम इलेक्ट्रीक स्कुटर ई १०० र ई १२५ नेपाली बजारमा बिक्री गर्दै आएको छ ।

यो योजना अन्तर्गत ग्राहकले सेगवेका स्कुटर खरिद गर्दा स्मार्ट ब्यान्ड, १० हजार नगद छुट, एक वर्षको इन्स्योरेन्स र वार्षिक कर उपहारमा पाउन सक्नेछन् । यसका साथै लक्की ड्रमार्फत सेगवेका किक स्कुटर, स्मार्ट ब्यान्ड तथा स्मार्ट फोनहरु जित्न सकिने कम्पनीले जनाएको छ । कम्पनीले नेपालमा हाल २ लाख ९१ हजार रुपैयाँदेखि ३ लाख ९१ हजार रुपैयाँसम्म मूल्य तोकेर स्कुटर बिक्री गर्दै आएको छ ।