
काठमाडौं, १५ भदाै। सद्गुरुको ‘माटो जोगाऔँ’ अभियानलाई नेपाल सरकारले पनि सघाउने भएको छ । सो सम्बन्धि सम्झौतापत्रमा यहि भदौ १७ गते हस्ताक्षर गर्ने कार्यक्रम छ । नेपाल सरकारको तर्फबाट कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र माटो जोगाऔँ अभियानबीच हस्ताक्षर हुन लागेको हो ।
माटो जोगाऔँ अभियान माटोको विनाशलाई सम्बोधन गर्नका लागि ईशा फाउण्डेशन नामको लाभरहित मानव सेवी संस्थानका संस्थापक सद्गुरुद्वारा पहल गरिएको विश्वव्यापी अभियान हो ।
माटोलाई स्वस्थ राखिरहनका लागि विश्वभरिका मानिसलाई एकजुट गर्ने साथै उब्जाउयोग्य माटोमा जैविक पदार्थको मात्रा वृद्धि गर्नका लागि हरेक राष्ट्रमा राष्ट्रिय नीति निर्माण र कार्यान्वयन गर्न सबै राष्ट्रका नेतृत्वकर्तालाई सहयोग गर्ने अभियानको उद्देश्य रहेको छ ।
माटोको विनाशको सङ्कटलाई सबैसामु छर्लङ्ग पार्नका लागि सद्गुरुले गत मार्चमा २७ राष्ट्रहरूमा १०० दिने यात्रा सुरु गर्नुभएको थियो । यात्राको सुरुआतदेखि ८० राष्ट्रहरूले माटो जोगाऔँ अभियानलाई समर्थन गरेका छन् । क्यारेबियन राष्ट्रहरू, अजरबैजान, युएई लगायतका राष्ट्रले माटो जोगाउन सम्झौतापत्रमा हस्ताक्षर गरिसकेका छन् ।
पर्यावरणीय कार्यको नेतृत्व गरिरहेका अन्तर्राष्ट्रिय संस्थाहरू आयुसिएन, संयुक्त राष्ट्रसङ्घका संस्था तथा अन्य संस्था पनि यस अभियानसँग साझेदारी गर्न अग्रसर भएका छन् । कार्यक्रममा सद्गुरुले तत्काल माटो जोगाउन किन आवश्यक छ भन्नेबारे सम्बोधन गर्नुहुनेछ ।
नेपालमा आयोजना हुने उक्त माटो जोगाऔँ अभियानको कार्यक्रममा नेपाल सरकारका विभिन्न मन्त्रालयका अधिकारीसहित ५ हजारभन्दा बढीको उपस्थिति हुने जनाइएको छ ।






काठमाडौं, ९ मङ्सिर । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात तथा बिक्री वितरण…
काठमाडौं, ९ मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिना (कात्तिक मसान्त) सम्ममा…
प्योङयाङ, ९ मङ्सिर । उत्तर कोरियाले स्विट्जरल्यान्डको कूटनीतिक कार्यालय प्रमुख सिल्भेन एस्टियरलाई ४८ घण्टाभित्र देश…
जियुक्वान (चीन), ९ मङ्सिर । चीनले पहिलो पटक विदेशी अन्तरिक्ष यात्रीलाई समेत सहभागी गराउँदै बुधबार दुई… 



