नेपाली विद्युतीय मोटरसाइकल कम्पनी यात्रीले माग्यो २५ कर्मचारी

-



     सफल आवाज    
     भाद्र १५ गते २०७९ मा प्रकाशित



काठमाडौं, १५ भदौ । नेपाली विद्युतीय मोटठरसाइकल उत्पादक कम्पनी यात्रीले उत्पादनलाई आक्रमक रुपले अगाडि बढाउने भएको छ । यसका लागि कम्पनीले हालै २५ जना कर्मचारीका लागि दरखास्त खुलाएको छ ।

नेपालमै विद्युतीय मोटरसाइकल उत्पादन गर्ने कम्पनी यात्री स्टुडियोले इन्जिनियर, टेक्निसियन, म्यानेजर, फाइनान्स हेड जस्ता २५ जनाका लागि दरखास्त आह्वान गरेको हो ।

कम्पनीका अनुसार इच्छुक र विभिन्न पदका लागि योग्यता भएकाहरुले कम्पनीको आधिकारिक वेवसाइटमा गएर आवेदन दिन सक्नेछन् ।२०१९ मा पहिलो पटक यात्री ‘पी-०’ को प्रोटोटाइप सार्वजनिक गरेको कम्पनीले त्यसपपछि २०२१ अप्रिलमा नयाँ मोडलको मोटरसाइकल यात्री ‘पी-१’ र पी-० को एकै पटक बिक्री सुरु गरेको थियो ।

हाल कम्पनीले लिमिटेड एडिशन पी-० र एड्भेन्चर डिजाइनको पी-१ मोडल उत्पादन र बिक्री वितरण गर्दै आएको छ भने छिट्टै विद्युतीय स्कुटर पनि ल्याउने तयारी गरिरहेको छ ।