
काठमाडौं, २१ भदौ । टीभीएस मोटररसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले चाडपर्वलक्षित ‘कायापलट’ अफर सार्वजनिक गरेको छ ।
यो योजना अन्तर्गत २० प्रतिशत डाउन पेमेन्ट वा ४२०० रुपैयाँ मासिक किस्तामा मोटरसाइकल र स्कुटर किन्न पाइने कम्पनीले जनाएको छ । यसबाहेक टीभीएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा पाँच पटकसम्म आकर्षक उपहार जित्न सक्ने सुविधा पनि यो अफरमा समावेश छ ।
भदौ २० गते सोमबारबाट सुरु भएको यो योजनामा मोटरसाइकल किन्ने ग्राहकले कम्पनीको वेबसाइटमा लगइन गरेर १ लाखसम्म र मोटरसाइकल खरिद गरेर १० लाखसम्म जित्ने मौका पाउने बताइएको छ ।
यसका साथै योजना बारे सोधपुछ गर्ने एक भाग्यशाली विजेताले हरेक दिन रियलमी सी ३० स्मार्टफोन पाउनेछन् भने कम्पनीले हरेक हप्ता एक जनालाई सम्पूर्ण नगद फिर्ता गर्नेछ । अन्त्यमा एक जना भाग्यशाली विजेताले बम्पर उपहार ५० लाख नगद जित्न सक्ने कम्पनीले जानकारी दिएको छ ।
विजेताहरूको घोषणा लक्की ड्र मार्फत् प्रत्येक मंगलबार साँझ ५ बजे जगदम्बा मोटर्सको आधिकारिक फेसबुक पेजमा प्रत्यक्ष प्रसारण गरिनेछ । नेपालभर १४० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न सफल भएको जगदम्बा मोटर्सको दावी छ ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




