
काठमाडौं, २२ भदौ । ग्रेटवाल मोटर्सले चाडपर्वलक्षित ‘ग्रेट डिल, ग्रेट च्वाइसेस’ अफर सार्वजनिक गरेको छ । ग्रेटवाल मोटरको नेपालका लागि आधिकारिक बिक्रेता भिजी ईम्पेक्सले दशैँ, तिहार र छठको अवसर पारेर गाडी खरीदमा आकर्षक छुटका साथै उक्त अफर सार्वजनिक गरेको हो ।
यो योजना ग्रेटवाल मोटरका सबै प्रकारका गाडी– हाभल एच् सिक्स, हाभल जोलायन, पावर र विङ्गल ५ मा उपलब्ध रहेको कम्पनीले जनाएको छ । योजना अन्तर्गत जिडब्लुएमका कुनै पनि गाडी किन्दा तुरुन्तै आकर्षक नगद छुट पाउन सकिन्छ साथै एक वर्षको बीमाका र एक वर्षको फ्रि मेन्टिनेन्स प्याकेजमा एक वर्षको नियमित मर्मतसम्भार खर्च र उपभोग्य वस्तुहरु समेत उपलब्ध हुन्छन् ।
यसबाहेक लोएल्टी बोनसको रुपमा ग्राहकले आफैं वा आफ्नो पविारसँग कसैको पहिले नै जिडब्लुएमका कुनै पनि गाडी भएमा थप अतिरिक्त छुट पाउन सक्नेछन् । गाडी खरिदकर्ताले नि:शुल्क एसेसरिज सहित ५ वर्षको वारेन्टी, स्पट भ्यालुएसन तथा एक्सचेन्जको अवसर पाउनुकासाथै ३ वर्षको निःशुल्क सर्भिस समेत उपलब्ध हुने कम्पनीको भनाइ छ ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




