
काठमाडौँ, २२ भदौ । गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले ट्याक्सीमार्फत विभिन्न मितिमा यात्रुलाई ठगी गर्ने १३ चालकविरुद्ध मुद्दा दायर गरेको छ । यसरी मुद्दा दायर गरिएका चालकमा ट्याक्सीको मिटर बिगारेर यात्रु बोक्ने एकसहित अन्य १२ जना रहेका छन् । कार्यालयले मिटर बिगारेर यात्रु ठग्ने चालकविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।
ट्राफिक प्रहरीले गत भदौ ७ गते अनुगमन गर्दा मिटरलाई शून्य बनाएर चलाउने बा १ ज ६९६० नम्बरको ट्याक्सीविरुद्ध मुद्दा दायर गरिएको जनाइएको छ । कार्यालयका सूचना अधिकारी निराजन पुडासैनीका अनुसार मिटर बिगारेर चलाउने तथा सिल छिनाएर चलाउने ट्याक्सी चालकविरुद्ध कार्यालयले अदालतमा मुद्दा दायर गरेको हो ।
‘ट्याक्सीको मिटर बिगारेर चलाउने अधिकांश चालकविरुद्ध तीन वर्षसम्म कैद र रु ३० हजारसम्म जरिवाना मागदावी गरी अदालतमा मुद्दा दर्ता गराएका छौँ’, उनले भने ।
उक्त कार्यालयले गत आर्थिक वर्षमा बिग्रेको मिटर चलाउने २ तथा ५ वर्षसम्म नवीकरण नगरी ट्याक्सी चलाउने एउटा ट्याक्सीविरुद्ध अदालतमा मुद्दा दर्ता गरेको थियो । त्यसमा बिग्रेको मिटर चलाउने बा १ ज ८८८२ र बा १ ज १६६७ नं को ट्याक्सी चालकविरुद्ध तीन वर्षसम्म कैद र रु ३० हजारसम्म जरिवना माग दाबी गरिएको सूचना अधिकारी पुडासैनी बताउँछन् ।
यस्तै ५ वर्षसम्म ट्याक्सी नवीकरण नगरी सञ्चालन गर्ने बा २ ज १५०३ ट्याक्सीका चालकविरुद्ध एक वर्षसम्म कैद र रु १० हजारसम्म जरिवाना मागदावी गरी अदालतमा मुद्दा दायर भएको छ । कार्यालयले आर्थिक वर्ष २०७५-७६ देखि चालु आर्थिक वर्षको भदौसम्म १३ ट्याक्सीलाई कारबाहीका लागि अदालतमा मुद्दा दर्ता गरेको बताएको छ ।
सरकारले स्ट्याण्डर्ड नाप र तौल ऐन २०२५ को पाँचौँ संशोधन अगाडि बढाएकोले प्रमाणीकरण हुन बाँकी रहेको उक्त ऐनमा ठगी गर्ने ट्याक्सी चालकविरुद्ध हाल गरिँदै आएको सजायसमेत बढाइएको छ ।
विभागका अनुसार हाल काठमाडौँ उपत्यकामा मात्र झण्डै १० हजारको हाराहारीमा ट्याक्सी सञ्चालनमा रहेका छन् । पछिल्लो समय काठमाडौँ उपत्यकामा मिटरमा जान नमान्ने, बढी भाडा लिने तथा मिटर बिगार्ने ट्याक्सी चालकविरुद्ध ट्राफिक प्रहरीले कडाइ गरेको छ ।
बढी भाडा लिने तथा मिटरमा जान नमान्ने ट्याक्सी चालकविरुद्ध ट्राफिक प्रहरी कडा बनेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्ट बताउँछन् ।
उनका अनुसार ट्राफिक कार्यालयले आर्थिक वर्ष २०७७-७८ मा पाँच हजार सात सय ३६, आव २०७८-७९ मा १० हजार दुई सय ९५ र चालु आवको भदौ १८ गतेसम्म एक हजार नौ सय ४५ ट्याक्सी चालकलाई बढी भाडा लिने तथा मिटरमा जान नमान्ने कसूरमा कारबाही गरिएको छ ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




