
काठमाडौं, २३ भदौ । नेपाल विद्युत प्राधिकरणले केही दिनअघि देशका विभिन्न ठाउँमा निर्माण गर्ने भनी घोषणा गरेको विद्युतीय सवारी चार्जिङ स्टेशनको काम सुरु भएको छ ।
प्राधिकरणले एक हप्ताअघि काठमाडौंको रत्नपार्कमा आफ्नै कार्याललय हातामा निर्माण भएको चार्जिङ स्टेशन सञ्चालनमा ल्याइसकेको छ । त्यसपछिको चरणमा हाल बल्खुमा चार्जिङ स्टेशन निर्माणको काम चलिरहेको छ ।
प्राधिकरणको चार्जिङ इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट प्रोजेक्ट अर्थात् पूर्वाधार विकास परियोजनाका अनुसार बल्खुको चार्जिङ सेन्टर पनि अबको केही दिनभित्रै सञ्चालनमा आउनेछ भने चितवन बसपार्कमा पनि चार्जिङ स्टेशन निर्माण सम्पन्न भइसकेको छ ।
काठमाडौं उपत्यका बाहिर हाल महोत्तरीको बर्दिवासमा चार्जिङ स्टेशन जडानको काम भइरहेको र बल्खुमा निर्माण सम्पन्न भएपछि उक्त टोलीले बनेपामा काम सुरु गर्ने परियोजनाको भनाइ छ ।
प्राधिकरणले निर्माण सुरु गरेको चार्जिङ स्टेशनमा ६० किलोवाट क्षमताको सीसीएस २.० गन भएको डिसी फास्ट चार्जर रहने बताइएको छ । तर अहिले कम्पनीले सीसीएस गन जडान गरेको छैन । दिगो ग्रुपका अनुसार रत्नपार्कमा सञ्चालनमा आएको चार्जर जिबी/टी गन भएको ६० किलोवाट क्षमताको डिसी र २२ किलोवाट क्षमताको एसी प्रकारको हो । रत्नपार्क लगायत बनेका चार्जिङ नेटवर्कमा चाँडै सीसीएस २ गन पनि जडान हुनेछ ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




