
काठमाडौं, २४ भदाै । जागिरकाे खाेजिमा रहेका युवाहरुकाे लागि नेपाली सेनामा जागिर खाने अवसर आएकाे छ । नेपाली सेनाले खुला तथा समावेशी प्रतिस्पर्धाबाट सैन्य पदमा ४ हजार जनाका लागि दरखास्त आव्हान गरेकाे हाे ।
माग गरीएकाे ४ हजार संख्याबाट सैनिक तालिम वा कर्तव्य पालनाको सिलसिलामा शारीरिक रुपमा अशक्त तथा मृत्यु भएका नेपाली सेनाका सन्ततितर्फ २०० जनाका लागि दरखास्त मागिएकाे छ ।
यस्तै, खुलातर्फ २ हजार ८८ जना, महिलातर्फ ३५० जना, समावेशी आदिवासी जनजातितर्फ ५५० जना, मधेसीतर्फ ४८० जना, दलिततर्फ २५२ जना र पिछडिएको क्षेत्रतर्फ ८० जनाका लागि दरखास्त माग गरिएकाे छ।
नेपाली सेनाका यी पदहरुमा याेग्य र सेवा गर्ने चाहना भएका उम्मेदवारले आगामी असोज २३ गतेसम्म दरखास्त दिन पाउने भएका छन् । ढीलाेमा दोब्बर दस्तुर तिरेर असोज ३० गतेसम्म दरखास्त दिन सकिनेछ।
नेपाली सेनाले देशभरका २८ स्थानमा रहेका बाहिनी, गण र गुल्मलाई भर्ना केन्द्र निर्धारण गरेको जनाएकाे छ। ति केन्द्रबाट दरखास्त फारम लिन र भरेर बुझाउन सकिनेछ ।






काठमाडौं, ९ मङ्सिर । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात तथा बिक्री वितरण…
काठमाडौं, ९ मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिना (कात्तिक मसान्त) सम्ममा…
प्योङयाङ, ९ मङ्सिर । उत्तर कोरियाले स्विट्जरल्यान्डको कूटनीतिक कार्यालय प्रमुख सिल्भेन एस्टियरलाई ४८ घण्टाभित्र देश…
जियुक्वान (चीन), ९ मङ्सिर । चीनले पहिलो पटक विदेशी अन्तरिक्ष यात्रीलाई समेत सहभागी गराउँदै बुधबार दुई… 



