
काठमाडौं, २८ भदौ । आगामी भदौ ३ गते राइड विथ भ्लगर्स कार्यक्रम आयोजना हुने भएको छ । ए एन्ड एस इभेन्ट्स बाई जेनेसिसको आयोजनामा पहिलो पटक काठमाडौंमा राइड विथ भ्लगर्स कार्यक्रम सञ्चालन हुने भएको हो । उक्त कार्यक्रममा एक दर्जन भ्लगर र टु ह्विल टुरिङका विज्ञहरु सहभागी हुने आयाोजकले जनाएको छ ।
आयोजक ए एन्ड एस इभेन्ट्सका अनुसार राइड विथ भ्लगर्स कार्यक्रम विश्वकै अग्रणी मोटरसाइक्लिङ महासंघ एफआईएम तथा नेपालको मोटरसाइकल/मोटर स्पोर्ट्स, अटोमोबाइल्स मोबिलिटी तथा ड्राइभ र टु ह्विल टुरिङ तथा सडक सुरक्षाको लागि राष्ट्रिय संघ नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) सँगको सहकार्यमा सम्पन्न गरिनेछ ।
नेपालमा सामाजिक सञ्जालको लोकप्रियता र प्रभावकारिता बढिरहेको अवस्थामा यस प्रकारको राइडले टु ह्विल टुरिङ र मोटरसाइक्लिङ तथा मोटर स्पोर्ट्सलाई समेत अझ सुरक्षित, व्यवस्थित तथा थप लोकप्रिय बनाउन मदत पुग्ने आयोजकको विश्वास छ ।
आगामी असोज ३ गते भ्लगरहरुसँग अन्तरक्रिया, दिउँसो काठमाडौँ देखि मार्खुसम्म राइड तथा फोटोग्राफी र भिडियोग्राफी तथा साँझमा ‘भ्लगर्स मिट एन्ड ग्रिट’ गरिने तय भएको छ । सो अवसरमा हालसालै नासा नेपालद्वारा पर्यटन बोर्डको सहयोगमा प्रकाशित ‘टू ह्वील टुरिङ इन नेपाल म्यानुअल बुक’ पनि सार्वजनिक गरिने छ ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




