हिरो मोटोकर्पकाे नयाँ सुपर स्प्लेन्डर सार्वजनिक, बजार मूल्य कति ?

-



     सफल आवाज    
     भाद्र २८ गते २०७९ मा प्रकाशित



काठमाण्डौ । हिरो मोटोकर्पले नयाँ सुपर स्प्लेन्डर मोटरसाइकल सार्वजनिक गरेको छ। प्रिमियम बोल्ड डिजाइन र नवीनतम प्रविधिका साथ नयाँ हिरो सुपर स्प्लेन्डर सुपर–पावर, सुपर–माइलेज र सुपर–कम्फर्टको तेब्बर (ट्रिपल) प्रतिज्ञाका साथ नेपाली बजारमा सार्वजनिक गरिएकाे हाे ।

नयाँ सुपर स्प्लेन्डरकाे परिष्कृत इन्धन दक्षता छ । याे नयाँ डिजी–एनालग क्लस्टर, इन्टिग्रेटेड यूएसबी चार्जर, साइड–स्ट्यान्ड इन्जिन कट–अफ र रिफ्रेस लुकलगायतका नयाँ सुविधाहरुले पावर–प्याक गरिएको मोटरसाइकल हाे।

माेटरसाइकलका पारखि राइडरहरुले नयाँ सुपर स्प्लेन्डर मोटरसाइकल देशभर रहेका हिरो मोटोकर्पका डिलरसिपहरुबाट खरिद गर्न सक्नेछन् । यसकाे मूल्य रु. २ लाख ६६ हजार रहेकाे छ ।  

नेपाल हिरोका उत्पादनहरुकाे लागि मुख्य बजार मानिन्छ । यसकाे आफ्नो पोर्टफोलियोमा नयाँ सुपर स्प्लेन्डर थपिएसँगै उत्पादन पोर्टफोलियोलाई झन् बलियाे बनाएको छ।

हिरो मोटोकर्प सन् २०१० मा नेपाल जनरल मार्केटिङ प्राइभेट लिमिटेड (एनजीएम) लाई आधिकारिक वितरक ताेकेर आएकाे थियो। यसका अहिले ८२ डिलर, ९३ सर्भिस सेन्टर तथा ९१ बढी स्पेयर पाट्र्स आउटलेट रहेका छन् । साथै २६६ बढी स्थानमा रहेका सम्पर्क केन्द्रबा६ सेवा दिदै आएको छ। 

हिरो मोटोकर्पका एचएफ डिलक्स, स्प्लेन्डर प्लस, सुपर स्प्लेन्डर, ग्ल्यामर, ग्ल्यामर एक्सटेक, हंक १५०आर, एक्सट्रिम १६०आर, एक्सट्रिम २००आर, प्लेजर, माएस्ट्रो एज, डेस्टिनी १२५, माएस्ट्रो एज १२५, एक्सपल्स २००टी र एक्सपल्स २०० फोरभी उत्कृष्ट उत्पादनहरु रहेका छन्।