
काठमाडौं, ३० भदाै । वाणिज्य बैंकहरुको कर्जाको ब्याजदर झण्डै १२ प्रतिशत पुगेको छ। राष्ट्र बैंककाे तथ्याँक अनुसार साउन महिनासम्ममा बैंकहरुको कर्जाको औसत ब्याजदर ११.९४ प्रतिशत पुगेको उल्लेख छ।
कोभिड १९ ले १८ महिना एकल अंकमा झरेको बैंकहरुको कर्जाको औसत ब्याजदर फेरि बढेकाे हो। गउकाे १ वर्षमा बैंकको ब्याजदर साढे ४ प्रतिशतले बढेको छ।
आर्थिक वर्ष २०७७/७८ को सकिदा ८.४६ प्रतिशतमा झरेको थियाे । त्यसपछि बैंकहरुको ब्याजदर बढेकाे थियाे । माघदेखि बैंकहरुको औसत ब्याजदर दोहोरो अंकमा चढेकाे हाे । साे अवधिमा बैंकहरुको कर्जाको ब्याजदर औसतमा १०.३१ प्रतिशत रहेकाे थियो।
बैंकहरुले डेढ वर्षदेखि निक्षेपको ब्याजदर घटाएका छैनन्। यसकाे सट्टा ब्याजदर बढ्दै गएको छ। तरलता कायमै रहेकाेले निक्षेपको ब्याजदर घट्ने सम्भावना पनि कम भएकाे बताइन्छ ।
गएकाे फागुनदेखि नै बैंकहरुमा निक्षेप ब्याजदर भने बढेकाे छैन। ऋणीले १५ प्रतिशत भन्दा बढी ब्याज तिरेकाे अवस्था छ भने कर्जा पाउन मुस्किल भएकाे छ।






काठमाडौं, ९ मङ्सिर । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात तथा बिक्री वितरण…
काठमाडौं, ९ मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिना (कात्तिक मसान्त) सम्ममा…
प्योङयाङ, ९ मङ्सिर । उत्तर कोरियाले स्विट्जरल्यान्डको कूटनीतिक कार्यालय प्रमुख सिल्भेन एस्टियरलाई ४८ घण्टाभित्र देश…
जियुक्वान (चीन), ९ मङ्सिर । चीनले पहिलो पटक विदेशी अन्तरिक्ष यात्रीलाई समेत सहभागी गराउँदै बुधबार दुई… 



