
काठमाडौं, ३० भदौ । ग्राहक सङ्ख्याका आधारमा जेठ महिनासम्ममा वर्ल्डलिंक कम्युनिकेशन पहिलो नम्बरको इन्टरनेट सेवा प्रदायक (आईएसपी) का रुपमा यथावत् रहन सफल भएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को २०७९ जेठ मसान्तसम्मको एमआईएस प्रतिवेदनले यो आँकडा देखाएको छ । उक्त प्रतिवेदनमा सधैं झैं दूरसञ्चार सेवा प्रदायकका प्रगति विवरणसहित नेपालमा इन्टरनेट सेवा दिँदै आएका नयाँ र पुराना गरी ६० प्रदायकहरुको नाम र अद्यावधिक ग्राहक सङ्ख्या उल्लेख गरिएको छ ।
आँकडा अनुसार २०७९ जेठ महिनामा उत्कृष्ट १० मा परेका इन्टरनेट सेवा प्रदायकहरु यसप्रकार छन्:
१. वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेड – ६, ४५, ३६९
२०७९ वैशाख मसान्तसम्म वर्ल्डलिंक कम्युनिकेशन्सको जम्मा ग्राहक सङ्ख्या ६ लाख ३० हजार २९६ रहेकोमा जेठ मसान्तसम्म आइपुग्दा १५ हजार ७३ ले बढेर ६ लाख ४५ हजार ३६९ मा पुगेको छ।
२. सुबिसु केबलनेट प्रालि – २, ३२, ४६८
सुविसु केबलनेट प्रालिको जम्मा ग्राहक सङ्ख्या २०७९ वैशाख मसान्तसम्म २ लाख ३२ हजार ४६८ मा रहेका छन्। यो सङ्ख्या वैशाख मसान्तसम्म २ लाख २८ हजार ७९५ मा थियो। यस हिसाबले हेर्दा एक महिनामा सुबिसुको ग्राहक सङ्ख्यामा ३ हजार ६७३ ले वृद्धि भएको देखिन्छ।
३. क्लासिकटेक प्रालि – २,३०, ४७६
उत्कृष्ट १० को सूचीमा अघिल्लो महिना पनि तेस्रो नम्बरमै रहेको क्लासिकटेक प्रालिको वैशाख २०७९ सम्मको कुल ग्राहक सङ्ख्या २ लाख २१ हजार १७ रहेको थियो । जेठ मसान्तसम्मको एक महिनाको अवधिमा ९ हजार ४५९ वृद्धि भएर २ लाख ३० हजार ४७६ पुगेको छ।
४. भायानेट प्रालि – २, २५, ४६५
चौथो नम्बरमा रहेको भायानेट प्रालिको ग्राहक सङ्ख्या जेठ २०७९ मा आइपुग्दा २ लाख २५ हजार ४६५ पुगेको छ । यो सङ्ख्या अघिल्लो महिना अर्थात् २०७९ वैशाख मसान्तसम्म २ लाख २० हजार २७० रहेको थियो । यस हिसाबले १ महिनामा ५ हजार १९५ ग्राहक थपिएको देखिन्छ ।
५. डिश मिडिया नेटर्क – १, ०७, ९१७
अघिल्लो महिना अर्थात् २०७८ वैशाख मसान्तसम्म १ लाख ६ हजार ३७५ ग्राहकसहित सूचीको पाँचौं नम्बरमा रहेको डिश मिडिया नेटवर्क जेठ मसान्तमा १ लाख ७ हजार ९१७ ग्राहकसहित पाँचौं नम्बरमा नै रहन सफल भएको छ । एक महिनाको अवधिमा डिश मिडियाले १ हजार ५४२ ग्राहक थपेको छ ।
६. टेकमाइण्ड्स नेटवर्क प्रालि – १, ०२, २६१
चितवनमा मुख्य कार्यालय रहेको टेकमाइण्ड्स नेटवर्क प्रालिको ग्राहक सङ्ख्या २०७९ वैशाख मसान्तसम्म ८९ हजार ११ रहेकामा जेठ मसान्तसम्म आइपुग्दा कम्पनीले १३ हजार २५० ग्राहक थपेर कुल १ लाख २ हजार २६१ ग्राहकसकित छैटौं स्थानमा नै रहेको छ ।
७. वेबसर्फर नेपाल कम्युनिकेशन सिस्टम प्रालि – ६१, ९७५
२०७९ वैशाख मसान्तसम्म कुल ग्राहक सङ्ख्या ६३ हजार ३६९ सहित सातौं नम्बरमा रहेको वेबसर्फर नेपालले जेठ मसान्तसम्म आउँदा १ हजार ३९४ ग्राहक गुमाएको छ । यो अवधिमा उक्त सङ्ख्यामा ग्राहक गुमाएर कुलल ६१ हजार ९७५ रहेको कम्पनी सातौं नम्बरमै बसेको छ।
८. ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेशन प्रालि – ५२, ७५४
२०७९ वैशाख मसान्तसम्म ५२ हजार ३११ ग्राहक सङ्ख्यासहित उत्कृष्ट १० को आठौं नम्बरमा रहेको ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेशन प्रालि जेठ मसान्तसम्मको एक महिनाको अवधिमा ४४३ ग्राहक थप्दै आठौं नम्बरमै यथावत् रहन सफल भएको छ । यो महिनासम्ममा उसको कुल ग्राहक सङ्ख्या ५३ हजार ७५४ पुगेको छ ।
९. सिम्पल मिडिया नेटवर्क केबल प्रालि – २२, ९८६
२६ हजार ८३३ ग्राहकसहित अघिल्लो महिना अर्थात् २०७९ वैशाखसम्म उत्कृष्ट १० को नवौं स्थानमा रहेको सिम्पल मिडिया नेटवर्क प्रालिले एक महिनाको अवधिमा ३ हजार ८४७ ग्राहक गुमाएर २२ हजार ९८६ मा झरेको छ । तर कम्पनी सूचीको नवौं स्थानमा भने यथावत् रहन सफल भएको छ।
१०. सीजी कम्युनिकेशन्स लिमिटेड – २२, २९५
२०७९ वैशाख मसान्तसम्म २५ हजार ५१२ सहित उत्कृष्ट १० मा पर्न सफल सीजी कम्युनिकेशन्स लिमिटेडले जेठ मसान्तसम्मको एक महिनाको अवधिमा ३ हजार २१७ ग्राहक गुमाएको छ । जेठ मसान्तमा कम्पनीका कुल ग्राहक २२ हजार २९५ मा झरेका छन् ।
*यो सूची नेपाल दूरसञ्चार प्राधिकरणले अद्यावधिक गरेको २०७९ जेठ मसान्तसम्मको एमआईएस तथ्याङ्कमा आधारित छ।






काठमाडौं, ९ मङ्सिर । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात तथा बिक्री वितरण…
काठमाडौं, ९ मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिना (कात्तिक मसान्त) सम्ममा…
प्योङयाङ, ९ मङ्सिर । उत्तर कोरियाले स्विट्जरल्यान्डको कूटनीतिक कार्यालय प्रमुख सिल्भेन एस्टियरलाई ४८ घण्टाभित्र देश…
जियुक्वान (चीन), ९ मङ्सिर । चीनले पहिलो पटक विदेशी अन्तरिक्ष यात्रीलाई समेत सहभागी गराउँदै बुधबार दुई… 



