छिटो लाइसेन्स लिन अब अनलाइन आवेदन दिन सकिने

-



     सफल आवाज    
     असाेज ७ गते २०७९ मा प्रकाशित



काठमाडौं, ७ असोज । छिटो लाइसेन्स लिनका लागि अब अनलाइन आवेदन दिन सकिने भएकाे छ । यातायात व्यवस्था विभागले वैदेशिक रोजगारी र पढाईका लागि विदेश जानेहरुका लागि छिटो लाइसेन्स प्रिन्ट हुने व्यवस्था मिलाएको हाे ।

विभागले आज असोज ७ गतेदेखि लागू हुनेगरी अध्ययन तथा रोजगारीका लागि विदेश जाने नेपाली नागरिक, सेना नेपाल प्रहरी गैर आवासीय नेपाली नागरिकका लागि लाइसेन्स शीघ्र प्रिन्ट गराउनु परेमा अनलाइनमार्फत आवेदन दिने व्यवस्था मिलाएको बताएकाे छ ।

विभागले गत भदौ ३१ गते सार्वजनिक सूचना निकालेर आज असोज ७ गतेदेखि https://applydl.dotm.gov.np मा अनिवार्यरुपमा आवेदन दिन सम्बन्धित सबैलाई आग्रह गरेको थियो । सोही अनुरुप लाइसेन्स छिटो प्रिन्ट गराउनुपर्ने व्यक्तिहरुले आवश्यक कागजातसहित आवबाट आवेदन दिन सक्ने भएका हुन् ।

आवेदन दिनका लागि आवश्यक कागजातहरुसम्बन्धी म्यानुअलल विभागले सोही पोर्टलमा उपलब्ध गराएको छ । त्यही म्यानुअल अनुसार अनलाइन आवेदन दिन सकिनेछ । यसबाहेक प्रिन्ट भएको लाइसेन्स लिन जाँदा उक्त अनलाइन आवेदन दिँदा समावेश गरिएका कागजातहरुको सक्कल प्रति तथा अनलाइन आवेदनको प्रिन्ट अनिवार्य रुपमा लिएर आउन विभागको सूचनामा आग्रह गरिएको छ ।