
काठमाडौं, ७ असोज । पुरातत्व विभागको टुकुचा अध्ययन समितिले यो राणाकालमै बनेको आधार भेटाएका छन् । काठमाडौं महानगरले टुकुचा अतिक्रमण गरेर संरचना बनाएको भन्दै त्यसलाई उत्खनन गर्न ठाउँ ठाउँमा डोजर लगाउन शुरु गरेपछि विभागले यो पुरातात्विक सम्पदा हुनसक्ने भन्दै अध्ययन टोली गठन गरेको थियो ।
पुरातत्वविद् भाष्कर ज्ञवालीको नेतृत्वमा रह्को समितिले अध्ययन गर्दै नारायाणहिटीभन्दा बाहिरको जयनेपाल हलदेखि काठमाडौं प्लाजाम्म टुकुचा भूमिगत रुपमा बनाइएको सुरुङ १०० वर्षभन्दाअघि नै बनेको निष्कर्ष निकालेको हो । यसको प्रतिवेदन दसैंअघि नै पुरातत्व विभागमा पेश गरिने बताइएको छ ।
अध्ययनका क्रममा महानगरले खोतलेको क्षेत्रमा निस्किएका कतिपय इँटामा ‘श्री-३ वीर’ लेखेको भेटिएको बताइएको छ । सुरुङ कहिले बनेको थियो भन्ने अन्य प्रमाण पनि संकलन गरेर विश्लेषण गरिरहेका अध्ययन टोलीको भनाइ छ ।’
टोलीले सुरुङ इँटा र सुर्की चुना प्रयोग गरेर बनाइएको ठहर गरेको छ । यसबाहेक गुम्बज आकारमा इँटाहरु जोडेर बनाइएङ्को सुरुङमा पानी बगाउन ठाउँ-ठाउँमा भर्याङजस्तो आकारमा छाँगा बनाउँदै काठमाडौं प्लाजासम्म पुर्याएको पाइएको अध्ययनका क्रममा भेटिएको छ ।
अध्ययन प्रतिवेदन हेरेर पुरातत्व विभागले यो सुरुङलाई पुरातात्विक सम्पदाको मान्यता दिएको खण्डमा महानगरले यसलाई थप बिगार्न पाउने छैन । प्राचीन स्मारक संरक्षण ऐन २०१३ अनुसार सरकारको स्वीकृतिविना प्राचीन स्मारकका सम्पदालाई भत्काउने, हटाउने, परिवर्तन गर्ने विरुप गर्ने जस्ता काम गर्न नपाइने प्रावधान छ । यसो गरिएमा उक्त पुरातात्विक वस्तुको बिगो बमोजिमको रकम असुल उपर गरी ५ हजार रूपैयाँदेखि १ लाख रूपैयाँसम्म जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको छ ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




