एसइई वा प्लस टु उतिर्ण भएपछि कुन विषय अध्ययन गर्ने ?

-



     रामजी आचार्य    
     असाेज ८ गते २०७९ मा प्रकाशित


एसइई वा प्लस टु पास गरेपछि कुन विषय लिएर अध्ययन गर्ने भन्ने सम्बन्धमा विद्यार्थीलाई अन्योल सृजना भएको देखिन्छ ।  विज्ञान किन पढ्ने ? यसका क्षेत्र कुनकुन हुन् ? व्यवस्थापन विषयका क्षेत्र सम्भावना अन्य प्राविधिक विषयको क्षेत्र र सम्भावना के कस्तो छ ? शिक्षाशास्त्र सङ्काय किन पढ्ने ? यसका क्षेत्र कुनकुन हुन् ?  सोच विचार गरेर विषय छनोट गर्न सकेमा आफ्नो र राष्ट्रको भविष्य सुनिश्चित हुनेछ भन्ने लाग्दछ । यो छोटो आलेखमा भने शिक्षाशास्त्र सङ्कायको बारेमा चर्चा गर्ने  जमर्को गरिएको छ।  

हाम्रो परिवेशमा अहिले  एसइई दिएर प्लस टुमा अध्ययन गर्ने विद्यार्थीलाई पहिलो रोजाइमा बिज्ञान, त्यसपछि ब्यबस्थापन, अन्य विषय अनि बल्ल अन्तिम रोजाइमा शिक्षामा भर्ना हुनका लागि  प्रोत्साहन गरिन्छ । अहिले आएर सङ्कायको अवधारणा हटाइएको छ  । अलि मेधावी भनिएका विद्यार्थीहरु, उत्कृष्ट र मध्यम भनिएका विद्यार्थीहरुको रोजाइमा बिज्ञान, ब्यबस्थापन वा अरु प्राविधिक बिषयहरु पर्छन् । शिक्षाशास्त्र कमै मात्रको रोजाइको बिषय बनेको छ । यसको कारण भनेको शिक्षा विषयको महत्व, यसका अवसर र भोलिका सम्भावना बुझाउन नसक्नु र बुझ्न नसक्नु हो ।

अहिले आएर सङ्कायको अवधारणा हटाइएकाले  प्लस टु दश् जोड दुई पास गरेका विद्यार्थी जसले देश विकाशको आधर शिक्षा हो यसमा आमुल परिवर्तन आवश्यकता छ यो  नभै देश विकाश सम्भव छैन भन्ने बुझेको छ अनि भावि पुस्ताको बारेमा सोचेको छ उत्कृष्ट र मध्यम भनिएका विद्यार्थीलाई शिक्षक बनाउन राज्यले प्रोत्साहन गर्नु पर्छ अनि त्यस्ता विद्यार्थीहरुले आफू शिक्षक बन्न तयार हुनै पर्छ । यसका लागि शिक्षाशास्त्र अध्ययन गर्नु अपरिहार्य छ । अहिले  जुन विषय लिएर प्लस टु पास गरेको भएपनि शिक्षा शास्त्र अध्ययन गर्नेबाटो खुल्ला छ ।  

समुन्नत राष्ट्रको आधार  शिक्षा शास्त्रको पुर्वधार साच्चै भन्ने हो भने  शिक्षा जीवनको आधर हो ,विकाश र निकाशको पुर्वाधार हो ।‘ शिक्षा मनुष्यको भित्री आँखा हो । शिक्षा सभ्यताको पहिचान हो, शिक्षा नैतिकताको आधार हो । ज्ञान विज्ञान, दर्शन, संस्कृति  हो । जीवन जीउने कला पनि हो।  त्यसैले सार्थक जीवनको लागि शिक्षाको अत्यन्त महत्व छ । विश्वका सम्पन्न राष्ट्रहरूले शिक्षामा ठूलो लगानी गरेका हुन्छन् । अनि उच्चदक्षता भएका शिक्षकमार्फत दक्ष जनशक्ति उत्पादनमा जोड दिएका हुन्छन् । शिक्षण, पत्रकारिता र वकिल पेशाको छुट्टै महत्व हुन्छ । उच्च पदबाट बिदा भएपछि पनि पहिलाको  त्यही पेशामा फर्कने गरेको इतिहस छ । तर नेपालको सन्दर्भमा हेर्ने हो भने  शिक्षण पेशा सबैभन्दा कम महत्वको पेशामा लिइन्छ ।   हुनत शिक्षण पेशा एक अत्यन्त सम्मानित र मर्यादीत पेशा हो ।

भोलिका राष्ट्रका कर्णधार आजका वालवालिकालाई व्यवहारपयोगी ज्ञान र सीपमुलक शिक्षा प्रदान गर्ने अभिभारा बोकेका शिक्षकहरु राष्ट्र निर्माण र विकासका सहयात्री हुन् । यसर्थ सामाजिक उत्थान र राष्ट्रिय उन्नतिका क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा योगदान पु¥याउन  शिक्षकको महत्वपूर्ण भूमिका रहन्छ । यस्तो दक्ष शिक्षक तयार गर्ने  अध्ययन संस्थान  शिक्षा शास्त्र नै हो । शिक्षकका रुपमा प्रभावकारी शिक्षण तरिका थाहा पाउन शिक्षा  सङ्काय  लिएर पढ्नुपर्छ र वालवालिकासँग रमाउने सीप, शिक्षण पद्दति, विधि ,प्रविधिको ज्ञान शिक्षा शास्त्रले दिन्छ  । प्रविणता प्रमाण पत्र तह रहदासम्म यसको छुट्टै महत्व थियो ।

शिक्षाशास्त्र पढ्न पनि प्रवेश परीक्षा पास हुनु पर्ने व्यवस्था गरिएको थियो जसले शिक्षाशास्त्रको महत्व वढी हुन्थ्यो र दक्ष जनशक्ति उत्पादन हुन्थ्यो। दश जोर दुइको अवधारणा पछि शिक्षा सङ्काय रोजाइको विषय बन्न सकेन त्यसमा पनि प्रविणता प्रमाण पत्र तह हटाउने निर्णय पछि अस्तव्यस्त रूपमा शैक्षिक कार्यक्रम अगाडि बढेको पाइन्छ । कुन विषयको क्षेत्र कुन हो ? कुन क्षेत्रका लागि कस्तो र  कति जनशक्ति आवश्यक छ ? कुन क्षेत्रका लागि कुन क्षेत्रमा जोडदिने ? भन्ने सम्बन्धमा न कुनै लक्ष्य छ न उद्देश्य न नीति न योजना ।

साच्चै यो देश  योजनाले हैन प्राकृतिक नियमको सिद्दान्तले चलेको छ । विद्यार्थीलाइ विज्ञान किन पढ्ने ? यसका क्षेत्र कुनकुन हुन् ? व्यवस्था पन विषयका क्षेत्र सम्भावना अन्य प्राविधिक विषयका क्षेत्र र सम्भावना के कस्तो छ ? यसका बारेमा  न हामी शिक्षकले, न अभिभावकले, न सरोकारवाला निकाएले स्पष्ट पार्न सकेका छन् ।

अभिभावकहरु  आफ्ना छोराछोरीलाई एसइई दिएर प्लस टु सुरु हुने बेला पहिलो रोजाइमा बिज्ञान, त्यसपछि ब्यबस्थापन, अन्य विषय अनि बल्ल अन्तिम रोजाइमा शिक्षामा भर्ना हुनका लागि प्रोत्साहन गर्दछन्  हुनत अहिले आएर सङ्कायको अवधारणा हटाइएको छ। अलि मेधावी भनिएका विद्यार्थीहरुले विज्ञान विषयका लागि तयारी गर्छन् । उत्कृष्ट र मध्यम भनिएका विद्यार्थीहरुको रोजाइमा बिज्ञान, ब्यबस्थापन वा अरु प्राविधिक बिषयहरु पर्छन् । शिक्षाशास्त्र कमै मात्रको रोजाइको बिषय बनेको छ ।

यसको कारण भनेको शिक्षा विषयको महत्व, यसका अवसर र भोलिका सम्भावना बुझाउन नसक्नु र बुझ्न नसक्नु हो । शिक्षण पेशा, पेशामात्र होइन यो ठूलो अवसर पनि हो। भोलिको राष्ट्रको सैद्धान्तिक, बैचारिक वा संस्कारगत भविष्यको नेतृत्व गर्ने शिक्षण पेशामा पैसा कम हुन्छ भन्ने सोचाई छ तर त्यो भन्दा ज्यादा इज्जत, प्रतिष्ठा र सम्मान आर्जन गरिन्छ भन्ने कुरा गौण बनिदिन्छ। त्यसैले शिक्षण पेशा जागिरको रुपमा मात्र हैन उच्च सम्मान र प्रतिष्ठाको आयामको रुपमा बुझ्नुपर्छ।   

हामी कहाँ एसएलसीपछि नै हाम्रो करियरको लागि बाटो छुट्टिने गर्छ । एकदमै राम्रो नम्बर ल्याएर पास  गर्ने कसैले पनि शिक्षक बन भनेर भन्दैनन्, सबैले उसलाई अन्य बिषय पढ भनेर सल्लाह दिन्छन्, तर एजुकेसन शिक्षा सङ्कायमा पढ्न  भनेर कसैले पनि भन्दैनन् । पछिल्लो समय ग्रेड कति ल्यायो भने के पढ्न पाउने भन्दा सबैभन्दा कम ल्यायो भने पनि शिक्षा सङ्कायमा पढ्न पाउने अवस्था छ । जसको कारण  पनि उत्कृष्ट र मध्यम भनिएका विद्यार्थीहरुको रोजाइमा शिक्षा पर्न सकेको छैन । हुन त यसको उद्देश्य कुनै एउटा व्यक्ति एउटा विषयमा कमजोर भए पनि कुनै विषयमा राम्रो हुन पनि सक्छ भन्ने हो ।

उदाहरणका लागि एउटा सिकारू गणित विषयमा कमजोर भएर पनि भाषामा अब्बल हुन सक्छ र भाषा  विषयमा कमजोर भएर पनि गणित वा प्राविधिक विषयमा अब्बल हुन सक्दैन र ? हाम्रो संस्कारले पनि शिक्षा सम्मानजनक पेशा हो र त्यस पेशाप्रति राम्रो मानिसहरुलाई तान्न पर्छ भनेर भन्दैन भने अर्कोतर्फ सरकारी नीतिले पनि त्यस्तो देखिदैन । जब हाम्रो समाज र सरकारको नीति दुवैले शिक्षक सम्मानजनक पेशा हो भनेर भनिरहेको छैन । यसले गर्दा कमजोर विद्यार्थीहरु शिक्षक सेवाको परीक्षामा सहभागि हुन पाउने अवस्था देखिन्छ । अनि सफल हुने दर उच्च खोज्नु कोदो रोपेर धान फल्छ भनेर सोच्नुजस्तै हैन र   ?

शिक्षक सेवा आयोगले शिक्षक छनोटको लागि लिएको परीक्षामा मागअनुसार परीक्षार्थी उत्तीर्ण नहुँदा अब करार र अस्थायी नियुक्ति दिनुपर्ने अवस्था आएको छ । केही समय अगाडि शिक्षक सेवा आयोगले लिएको निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को नतिजा सार्वजनिक  गरेको  छ । वि सं २०७९ साउन २८ गते लिइएको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक गर्दा । १ लाख ८१ हजार ५६९ जनाले परीक्षा दिएकोमा ३३ हजार १५८ जना मात्रै पास भएका छन् ।

यो १८.२६ प्रतिशत मात्र सफल हुन सकेको पाइन्छ । केही समय अगाडि शिक्षक सेवा आयोगले लिएको  माध्यमिक तहको  नतिजा सार्वजनिक  गरेको  छ जसमा विज्ञानभन्दा कम मात्र सफल हुन सकेको पाइन्छ । जसले रोजगारीको अवसर नभएको हो या अवसरको क्षेत्र नचिनेको। यो अवस्थाले के  देखाउँछ भने शिक्षा शास्त्र अध्ययन गर्नेहरूलाइ  ठुलो अवसर त छ तर राम्रो नम्बर ल्याएर पास गर्ने विद्यार्थीले यसको महत्व ,सम्भावना, अवसर, बुझ्न नसेकेर हो वा शिक्षण पेशाप्रति आर्कषण नभएर यस्तो अवस्था आएको हो यसतर्फ सम्बन्धित निकायको ध्यान जानु पर्ने देखिन्छ ।

बि.सं. १९१५ मा शिक्षा विभागको गठन, २००४ मा ताहाचलमा आधार स्कुलमा पढाउने शिक्षक तयार गर्न पहिलो शिक्षक शिक्षण केन्द्रको स्थापना  माध्यमिक विद्यालय शिक्षक, प्र.अ., शिक्षा निरीक्षक र शिक्षा प्रशासक तयार गर्न कलेज अफ एजुकेशन २०१३ सालमा स्थापना भएको पाइन्छ । त्यसपछि  १ वर्षे, ३ वर्षे तथा ४ वर्षे बी. एड. कार्यक्रम सञ्चालन गरेको देखिन्छ। २०१७ मा जिल्ला शिक्षा निरीक्षकको व्यवस्था, २०१८ मा अञ्चल शिक्षा अधिकारीको व्यवस्था २०२३ मा बागमती, नारायणी र गण्डकी ३ अञ्चलका २० जिल्लामा प्राथमिक विद्यालयमा पढाउन चाहने वा शिक्षक बन्न चाहनेले शिक्षण अधिकारपत्र लिनुपर्ने व्यवस्था लागु भयो।

२०२९ देखि राष्ट्रिय शिक्षा पद्धतिको योजना प्राविधिक उच्च शिक्षातर्फ लागू भएपछि त्रि वि वि शिक्षाशास्त्र अध्ययन संस्थान अन्तर्गतको क्याम्पस बन्न गयो । त्यसपछि पनि खुलेका अन्य विश्व विद्यालयमा पनि शिक्षा शास्त्र पठन पाठन सुरू भएको पाइन्छ । तर शिक्षा शास्त्रमा विद्यार्थी आर्कषण गर्न सकिएको छैन । जसको परिणाम स्वरूप शिक्षा सेवाले लिएको परीक्षमा अनपेक्षित परिणाम आएको देखिन्छ ।

यसको सुधारको लागि मेधावी भनिएका विद्यार्थीहरु, उत्कृष्ट र मध्यम भनिएका विद्यार्थीहरु शिक्षा शास्त्रमा आर्कषण गर्नुपर्ने देखिन्छ । अहिले आएर सङ्कायको अवधारणा हटाइएको छ त्यसैले बिज्ञान, ब्यबस्थापन वा अरु प्राविधिक बिषयहरु अध्ययन गरेर कक्षा १२ पस भएका विद्यार्थीलाई शिक्षाशास्त्र अध्ययन गर्न प्रोत्साहित गर्नु पर्ने देखिन्छ । लेखक : रामजी आचार्य, जनमुखी आदर्शकलेज, गैँडाकोट १५ अमरापुरीका प्राध्यापक हुन् ।