टिभिएस कायापलट योजनामा पाण्डेले जिते १० लाख

-



     सफल आवाज    
     असाेज ११ गते २०७९ मा प्रकाशित



काठमाडौं, असोज ११ । जगदम्बा मोटर्सको ‘कायापलट’ योजना सार्वजनिक गरेको एक महिना नपुग्दै बिराटनगरका मुरारी पाण्डेले  १० लाख नगद पुरस्कार जितेका छन् । पाण्डेले केशरीचन्द भंवरलाल एण्ड कम्पनीबाट टीभीएस रेडर नकिन्दै ५ हजार र किनेपछि दश लाख नगद जितेका कम्पनीले जनाएको छ ।

यसबाहेका जनकपुरका राजदेव मुखियाले आरएन अटोमोबाइल्सबाट टीभीएस रेडर खरिद गर्दा शत प्रतिशत क्यासब्याक पाएका छन् । धापासीका भुजेन्द्र सरु मगरले पनि बौद्ध टुसालको अटो साउन्ड ट्रेडर्स प्रा लि बाट एन्टर्क १२५ रि एफ आइ स्कुटर खरिद गर्दा शत प्रतिशत क्यासब्याक पाइसकेकाका छन् ।

हालसम्म लगभग २० जनाले मोबाइल फोन र त्यति नै जनाले लाखौंको नगद उपहार पाएका कम्पनीको भनाइ छ । कम्पनीका अनुसार कायापलट योजना अन्तर्गत टिभिएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा पाँच पटकसम्म आकर्षक उपहार प्राप्त गर्न सक्छन् । यस्तै यो योजनामा नकिन्दै १ लाख र किनेपछि गरेपछि दस लाख सम्म जित्ने मौका रहेको छ ।

हरेक दिन योजनाबारे सोधपुछ गर्ने एक जनाले रियलमी सी३० स्माटफोन प्राप्त गर्न सक्छन्भ भने हरेक हप्ता एक खरिदकर्तालाई सम्पूर्ण नगद फिर्ता गर्ने र एक भाग्यशाली विजेतालाई बम्पर उपहारस्वरप ५० लाख नगद पुरस्कार दिइने कम्पनीको दावी छ ।