
काठमाडौं, ३० असोज । इलेक्ट्रीक एसयूभी एमजी जेडएस ईभीको नेपालमा बुकिङ खुल्ला गरिएको छ । एमजीको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले जेडएस ईभीको लङ रेन्ज मोडलको बुकिङ खुल्ला गरेको हो ।
जेडएस ईभीको लङ रेन्जको मूल्य ८१ लाख ९९ हजार रुपैयाँ निर्धारण तोकिएको छ । कम्पनीका अनुसार यसको लङ रेन्ज मोडलमा ७२.६ किलोवाट आवरको लिथियम आयन ब्याट्री राखिएको छ । यसलाई एक पटक फुलचार्ज गर्दा ४४० किलोमिटर चलाउन सकिने डब्लूएलटीपीले प्रमाणित गरेको कम्पनीको दावी छ ।
१५० किलोवाट क्षमतासम्मको डिसी चार्जर सपोर्ट गर्ने यो गाडीलाई डिसी चार्जरले ३७ मिनेट चार्ज गर्दा २९२ किलोमिटर गुडाउन सकिन्छ । यसैगरी ७.४ किलोवाट क्षमताको एसी चार्जरले ११ घन्टामा फुल चार्ज गर्ने कम्पनीले जनाएको छ ।
जेडएस ईभी यसअघिको तुलनामा केही परिमार्जन भएर २०२२ को सुरुवातमै नेपालमा सार्वजनिक भएको थियो । त्यतिबेला पारामाउन्ट मोटर्सले लङ रेन्ज मोडलको मूल्य ५९ लाख ९९ हजार रुपैयाँ तोकेर बुकिङ लिएको थियो । सरकारले १०० किलोवाट माथिको गाडीमा भन्सार र अन्तःशुल्क बढाएपछि जेडएस ईभी नेपाल आउन सकेको थिएन ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




