माछापुच्छ्रेमा इन्सेककाे बालअधिकार शिविर तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

-



     सफल आवाज    
     असाेज ३१ गते २०७९ मा प्रकाशित




पाेखरा, ३१ असोज । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यलयको आयोजनामा दुई दिने असोज ३० र ३१ गते माछापुच्छ्रे गाउँपालिकामा मानवअधिकार शिक्षा कार्यक्रम अन्तरगत वालअधिकार शिविर तथा क्षमता अभिवृद्धि कार्यक्रममा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथी गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले भविष्यका कर्णधारका रुपमा रहेका बालबालिकाहरुलाई अहिलेदेखी नै सक्षम बनाउनु पर्ने बताइन। बालबालिकाहरु अधिकारसंगै कर्तव्यबोध पनि गराउन आवश्यक रहेको उनको भनाई थियो ।

बालबालिका क्षमता अभिवृद्धि र विकासका लागि गाउँपालिका सहकार्य गर्न तयार रहेको बताउँदै उनले अन्य विद्यालयमा पनि बालअधिकार समुह गठन गरि कार्यक्रम संचालन गर्न आग्रह गरिन्।

गाउँपालिका शिक्षा शाखा प्रमुख सम्झना पोखरेलले तालिमबाट सिकेका कुराहरु व्यबहारमा लागु गर्न बालबालिकाहरुलाई आग्रह गरिन्।

बालअधिकार उल्लंघनका घटनालाई कमि ल्याउन तालिमले भूमिका खेल्ने विश्वास व्यक्त गर्दै उनले बालबालिको अधिकार सुनिश्चित गराउनका लागि पालिका सदैव तयार गरेको बताइन्।

शुक्लागण्डकी मा.वि बालअधिकार समूह संरक्षक शिक्षक अन्जना पौडेलले तालिमले बालबालिका मात्र नभई आफुहरुमा पनि बालअधिकार सचेतनामा अभिवृद्धिमा भूमिका खेल्ने विश्वास व्यक्त गरिन्।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी संयोजक शिव खकुरेलले स्थानिय सरकार र नागरिक संद्यसंस्थाको समन्वयमा गाउँपालिकालाई बालमैत्री पालिका बनाउन कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए।

तालिमको उद्धेश्य, इन्सेक अभियान र बालअधिकारका विषयमा इन्सेक गण्डकी प्रदेश कार्यलय कार्यक्रम संयोजक शवनम शर्माले सहजीकरण गरेकि थिइन । बालअधिकार र बाल संरक्षणका विषयमा इन्सेक गण्डकी संयोजक शिव खकुरेलले सहजीकरण गरेका थिए । तालिममा प्रमुख प्रशासकिय अधिकृत वेदहरि अधिकारी सामाजिक शाखा प्रमुख रिता थापा लगायतले सहजिकरण गरेका थिए।

इन्सेकले कार्यक्रम संचालन गरेका शुल्कागण्डकी मा.वि र महेन्द्र मा.विमा गठित बालअधिकार समूहका पदाधिकारी र सदस्यहरुलाई तालिम प्रदान गरिएको हो ।