
काठमाडौं, ३ कात्तिक । ट्राफिक प्रहरीलाई २ सय थान स्मार्ट कार्ड रिडर मेसिन उपलब्ध गराइएको छ । हालै यातायात व्यवस्था विभागले ट्राफिक प्रहरीलाई ती मेसिन उपलब्ध गराएको हो ।
विभागले बुधबार उक्त परिमाणको लाइसेन्स रिडर मेसिन ट्राफिक प्रहरीलाई हस्तान्तरण गरेको हो । लाइसेन्स स्मार्ट भए पनि तेयलाई रिड गर्ने मेसिन अभावमा खासै प्रभावकारी हुन सकेको थिएन । हालसम्म २९ लाख ४५ हजार स्मार्ट लाइसेन्स छपाई भएर वितरण गरिसके पनि ट्राफिकसँग रिड गर्ने मेसिन नभएका कारण त्यसको प्राविधिक औचित्य कायम हुन सकेको थिएन ।
एशियाली विकास बैंकको अनुदान सहयोगमा नेपाल सरकारद्वारा सञ्चालन भएको विभागको सूचना तथा सञ्चार प्रविधि आयोजनाअन्तर्गत ८४ लाख १८ हजार ६ सय ९६ बराबरको २०० थान स्मार्ट कार्ड रिडर र २०० थान स्याम कार्ड प्राप्त भएको ट्राफिक प्रहरीले जनाएको छ ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




