ओलाको सस्तो स्कुटर सार्वजनिक, आउला नेपालमा?

-



     सफल आवाज    
     कार्तिक ६ गते २०७९ मा प्रकाशित



काठमाडौं, ६ कात्तिक । भारतीय कम्पनी ओलाको सस्तो स्कुटर सार्वजनिक भएको छ । कम्पनीले ओलाको नयाँ स्कुटर एस १ एयरको मूल्य ८० हजार भारतीय रुपैयाँ निर्धारण गरेको छ । यो ओलाको हालसम्म सबैभन्दा कम मूल्यको स्कुटर हो ।

ओलाले एस सिरिजका एस १ र एस १ प्रो बिक्री गर्दै आएकामा अब एस १ एयर ल्याएको हो । कम्पनीले यो नयाँ स्कुटरमा विभिन्न परिर्वतनहरु गरेर ल्याएको छ । कम्पनीले एस १ र एस १ प्रोमा दिएको सिंगल सस्पेन्सनलाई परिर्वतन गरेर एस १ एयरमा टेलिस्कोपिक सस्पेन्सन दिएको छ । त्यस्तै, कम्पनीले नयाँ स्कुटरमा स्पोकको सट्टा अलोय ह्वीलको प्रयोग गरेको छ ।

ओला एस १ एयरमा ४.५ किलोवाट हब मोटर दिइएको छ भने २.५ किलोवाट आवरको लिथियम आयन ब्याट्री उपलब्ध छ । कम्पनीले यसको रेन्ज १ सय किलोमिटर दावी गरेको छ । टप स्पीड क्षमता ८० किलोमिटर प्रतिघन्टा रहेको यसमा पनि अन्य दुई स्कुटर जस्तै इको, रेगुलर र स्पोर्टस गरि तीन मोड उपलब्ध छ । यो स्कुटरको दुवै ह्वीलमा डिस्क ब्रेक दिइएको छ । यसमा अन्यमा जस्तै ७ इन्चको टच स्क्रीन डिस्प्ले, ३४ लिटर क्षमताको बुट स्पेस, स्मार्टफोन कनेक्टिभिटी, स्पीकर जस्ता फिचर दिइएको छ ।