४४ अर्ब अमेरिकी डलरमा एलन मस्कले किने ट्वीटर

-



     सफल आवाज    
     कार्तिक १२ गते २०७९ मा प्रकाशित



न्युयाेर्क, १२ कात्तिक । बिश्वकै धनी ब्यक्तिका रूपमा चिनिएका एलन मस्कले ४४ अर्ब अमेरिकी डलरमा मिडिया प्लेटफर्म ट्वीटर खरिद गरेका छन। ट्वीटरकाे स्वामित्व लिएपछि मस्क बिहीबार ट्वीटरको केन्द्रीय कार्यालयमा प्रवेश गरेका थिए । नँया लगानीकर्ताका रूपमा मस्ककाे इन्ट्री भएपछि ट्वीटरका सीईओ पराग अग्रवाल भने बाहिरिएका छन ।

परागसँगै चिफ फाइनान्सियल अफिसर नेड सेगल, लिगल एन्ड पोलिसी एक्जुकेटिभ विजय गाडे र सल्लाहकार सिन एजेड बाहिरिएको अमेरिकी समाचार संस्थाले बताएका छन् ।

केही समयअघि ४४ अर्ब अमेरिकी डलरमा ट्वीटर किन्ने सम्झौता गरेर मस्क सम्झौताबाट पछि हटेका थिए । उनीपछि हटेपछि ट्वीटर अदालत पुगेको थियो ।

अदालतले अक्टोबर २८ सम्म सम्झौता कार्यान्वयन गर्न मस्कलाई सीमा तोकेको थियो । अदालतले तोकेको सीमा अघि नै मस्कले ट्वीटरको स्वामित्व लिएका थिए । मस्कले आफ्नो एकाउन्टमा पनि ‘चिफ ट्वीट’ लेखेका छन् ।