टिभिएसको कायापलट अफर अब ३ दिन मात्र बाँकी

-



     सफल आवाज    
     कार्तिक १६ गते २०७९ मा प्रकाशित



काठमाडौं, १६ कात्तिक । जगदम्बा मोटर्सले दशैं, तिहार तथा छठपर्वलाई मध्यनजर गर्दै सार्वजनिक गरेको ‘कायापलट’ विशेष योजनाको अवधि अब ३ दिन मात्र बाँकी रहेको छ । यो योजना अन्तर्गत विभिन्न शोरुमबाट टिभिएसका विभिन्न मोडलका मोटरसाइकल र स्कुटर किन्नेले लाखौं नगद तथा अन्य उपहार प्राप्त गरिसकेका छन् ।

यो योजना अन्तर्गत २० प्रतिशत डाउन पेमेन्ट वा ४२०० रुपैयाँ मासिक किस्तामा मोटरसाइकल र स्कुटर किन्न पाइने कम्पनीले सुविधिा दिएको छ । यसबाहेक टीभीएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा पाँच पटकसम्म आकर्षक उपहार जित्न सक्ने सुविधा पनि यो अफरमा समावेश छ ।

भदौ २० गते सोमबारबाट सुरु भएको यो योजनामा मोटरसाइकल किन्ने ग्राहकले कम्पनीको वेबसाइटमा लगइन गरेर १ लाखसम्म र मोटरसाइकल खरिद गरेर १० लाखसम्म जित्ने मौका पाउनेछन् ।

यसका साथै योजना बारे सोधपुछ गर्ने एक भाग्यशाली विजेताले हरेक दिन रियलमी सी ३० स्मार्टफोन पाउनेछन् भने कम्पनीले हरेक हप्ता एक जनालाई सम्पूर्ण नगद फिर्ता गर्नेछ । अन्त्यमा एक जना भाग्यशाली विजेताले बम्पर उपहार ५० लाख नगद जित्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

विजेताहरूको घोषणा लक्की ड्र मार्फत् प्रत्येक मंगलबार साँझ ५ बजे जगदम्बा मोटर्सको आधिकारिक फेसबुक पेजमा प्रत्यक्ष प्रसारण गरिनेछ । नेपालभर १४० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न सफल भएको जगदम्बा मोटर्सको दावी छ ।