अब ट्विटरको ब्लू टिक भेरिफिकेसनको शुल्क मासिक ७.९९ डलर

-



     सफल आवाज    
     कार्तिक २० गते २०७९ मा प्रकाशित



काठमाडौं, २० कात्तिक । इलन मस्कको स्वामित्वमा आएको ट्विटरले ब्लू टिक भेरिफिकेसनका लागि मासिक शुल्क तोकेको छ । हालै कम्पनीले एप्पल डिभाइसको अपडेटमा यो सुविधा केही निश्चित देशहरुका प्रयोगकर्ताहरुका लागि खुल्ला गरेको छ ।

अब ट्विटर प्रयोगकर्ताले मासिक ७।९९ अमेरिकी डलर तिरेर ब्लू टिक भेरिफिकेशन गराउन सक्ने अन्तरराष्ट्रिय समाचार संस्था बीबीसीले जनाएको छ । हालसम्म निशुल्क सेवा पाइरहेकोमा अब मासिक ८ डलर हाराहारी तिर्नुपर्ने भएपछि मस्कको यो निर्णय निकै चर्चित भएको छ । प्रयोगकर्ताहरुमा चिन्ता र चासो पनि बढेको छ ।

ट्विटरले ब्लू टिकका लागि भेरिफिकेसन शुल्क लिने घोषणा गर्नु अघि उच्च प्रोफाइल तथा प्रभावशाली व्यक्ति र संस्थाहरुलाई निःशुल्क उपलब्ध गराइँदै आएको थियो । त्यसका लागि ती व्यक्ति तथा संस्थाले आफ्नो पहिचान प्रमाणित गर्नु पर्थ्यो । उच्च पदस्थ, राजनीतिक तथा विभिन्न कलाकारिता क्षेत्रका हस्तीहरुले आवश्यक पहिचान पुष्टि गरेपछि ब्लू टिक पाउने गर्थे । यस्तो भेरिफिकेशन भएका खाता प्रामाणिक हुन् र मिथ्या होइनन् भनेर बुझ्न सकिन्छ ।