याडियाले सार्वजनिक गर्यो इलेक्ट्रिक मोटरसाइकल

-



     सफल आवाज    
     कार्तिक २८ गते २०७९ मा प्रकाशित



काठमाडौं, २८ कात्तिक । इलेक्ट्रिक स्कुटर निर्माता कम्पनी याडियाले इलेक्ट्रिक मोटरसाइकल उपलब्ध गराउने भएको छ । कम्पनीले हालै इटलीको मिलानमा भइरहेको (ईआईसीएमए) अटो शोमा एउटा इलेक्ट्रक मोटरसाइकल प्रदर्शन गरेको छ ।

याडियाले प्रदर्शन गरेरको उक्त इलेक्ट्रिक मोटरसाइकल नेकेड स्पोर्टस डिजाइनको रहेको बताइएको छ । कम्पनीले यसलाई ‘यडिया भीएफडी’ नाम दिएको छ । यो इलेक्ट्रिक मोटरसाइकलमा ५.५ किलोवाट रेटेड र १० किलोवाट पिक पावर क्षमताको मोटर दिइएको कम्पनीको दावी छ । यसले मोटरले २८० एनएम टर्क जेनेरेट गर्छ ।

यो मोटरसाइकलको टप स्पीड क्षमता १०० किलोमिटर प्रतिघण्टा रहेको छ भने ० देखि ५० को गति ४ सेकेन्डमा पूरा गर्ने दावी गरिएको छ । याडियाले यो मोटरसाइकलमा ७२ भोल्ट ३२ एम्पीयर आवरको दुईवटा लिथियम आयन ब्याट्री प्याक राखेको छ । यसलाई एकपटक फुलचार्ज गरेर १४० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीले जनाएको छ ।