घट्यो सुनचाँदीको भाउ

-



     सफल आवाज    
     मंसिर १ गते २०७९ मा प्रकाशित



काठमाडौं, १ मंसिर । साताको सुनचाँदीको कारोबार हुने पाँचौं दिन बिहीबार नेपाली बजारमा सुनचादीको भाउ केही घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुनमा ४ सय रुपैयाँ तथा चाँदीमा १० रुपैयाँ घटेको जानकारी दिएको छ ।

आज छापावाल सुनमा ४ सय रुपैयाँले घटेर तोलाको ९८ हजार रुपैयाँमा आएको छ । यसअघि बुधबार छापावाल तोलाको ९८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुनमा पनि ४ सय रुपैयाँले नै घटेर तोलाको ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजाबी सुन तोलाको ९७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदीको मूल्य १० रुपैयाँले घटेको छ । बुधबार १ हजार २९५ रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँ घटेर तोलाको १ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ ।