बजाज पल्सर १२५ कार्बन फाइबर एडिशन सार्वजनिक

-



     सफल आवाज    
     मंसिर १ गते २०७९ मा प्रकाशित


काठमाडौं, १ मंसिर । बजाज अटोले पल्सर १२५ को नयाँ भर्सन सार्वजनिक गरेको छ । कम्पनीले हालै का पल्सर १२५ को नयाँ कार्बन फाइबर नामक एडिशनको सार्वजनिक गरेको हो ।

कम्पनीले कार्बन फाइबर भर्सनको २ वटा भेरियन्ट सार्वजनिक गरेको छ । पहिलोमा सिंगल सिट र दोस्रोमा स्प्लिट सिट रहेको छ । सिंगल सिट भेरियन्टको मूल्य ८९ हजार २५४ रुपैयाँ भारु तथा स्प्लिट सिट भेरियन्टको मूल्य ९१ हजार ६२४ भारु निर्धारण गरेको छ ।

यसबाहेक पल्सर १२५ कार्बन फाइबर एडिशनमा कम्पनीले नयाँ ग्राफिकका साथै २ वटा रंग संयोजन गरेर बजारमा उपलब्ध गराएको छ । यसमा पुरानै पल्सर १२५ मा झैं १२४.४ सीसी सिंगल सिलिन्डर एफआई इन्जिन दिइएको छ जुन इन्जिनले ११.६४ पीएस पावर तथा १०.८ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स उपलब्ध छ जुन यसअघि पनि रहेको थियो ।

नयाँ एडिशनमा कम्पनीले क्लासिक पल्सर डिजाइन दिएको छ । यसमा रहेको सिंगलपड हेडल्याम्प, मस्कुलर फ्युल ट्याङक, स्प्लिट ग्रयाबरेल, सेमिडिजिटल क्लस्टर लाई पुरानो भर्सनबाट नै लिइएको छ । यस्तै फ्रन्टमा टेलिस्कोपिक सस्पेन्सन र रियरमा डुअल सक सस्पेन्सनलाई निरन्तरता दिइएको छ । यसमा २४० एमएमको सिंगल डिस्क ब्रेक उपलब्ध छ भने रियरमा ड्रम ब्रेक दिइएको छ ।